त्यसपछि फारोले मोशा र हारूनलाई बोलाउन मानिसहरू पठाए । तिनले तिनीहरूलाई भने, “यस पटक मैले पाप गरेको छु । परमप्रभु धर्मी हुनुहुन्छ अनि म र मेरा मानिसहरू दुष्ट छौँ ।
TSK
TSK · २ शमूएल 12:13
Treasury of Scripture Knowledge references in अनलक शाब्दिक बाइबल.
यदि कसैले कोही अर्को मानिसलाई हिर्काएर मार्यो भने, त्यो निश्चय नै मारियोस् ।
तब शाऊलले शमूएललाई भने, “मैले साँच्चै नै परमप्रभुको आज्ञा पालन गरेको छु र परमप्रभुले मलाई पठाउनुभएको मार्गमा गएको छु । मैले अमालेकको राजा अगागलाई कब्जामा लिएको छु र अमालेकीहरूलाई पूर्ण रूपमा नाश गरेको छु ।
त्यसपछि शाऊलले भने, “मैले पाप गरेको छु । तर कृपया मेरा मानिसहरूका धर्म-गुरुहरूका सामु र इस्राएलको सामु मेरो इज्जत गर्नुहोस् । फेरि मसँग फर्कनुहोस्, ताकि मैले परमप्रभु तपाईंका परमेश्वरको आराधना गर्न सकूँ ।
अनि जब दाऊदले मानिसहरूलाई आक्रमण गर्ने स्वर्गदूत देखे तब तिनले भने, “मैले पाप गरेको छु, र मैले भ्रष्ट किसिमले काम गरेको छु । तर यी भेडाहरू, तिनीहरूले के गरेका छन् र? कृपया, तपाईंको हातले मलाई र मेरो बुबाको परिवारलाई दण्ड दिनुहोस् ।”
आहाबले एलियालाई भने, “ए मेरो शत्रु, के तैँले मलाई भेट्टाएको छस्?” एलियाले जवाफ दिए, “तपाईंले परमप्रभुको दृष्टिमा दुष्ट काम गरी आफैलाई बेच्नुभएकोले मैले तपाईंलाई भेट्टाएको छु ।
तब राजाले पचास जना सिपाहीसँगै एक जना कप्तानलाई एलियाकहाँ पठाए । कप्तान एलियाकहाँ गए जहाँ तिनी डाँडाको टाकुरामा बसिरहेका थिए । कप्तानले तिनलाई भने, “हे परमेश्वरका मानिस, राजाले भन्नुभएको छ, 'तल आउनुहोस्' ।”
यहोयादाका छोरा जकरिया पुजारीमाथि परमेश्वरका आत्मा आउनुभयो । जकरिया मानिसहरूका सामु खडा भए र तिनीहरूलाई भने, “परमेश्वर यसो भन्नुहुन्छ: ‘तिमीहरू किन परमप्रभुका आज्ञा उल्लङ्घन गर्छौ, जसले गर्दा तिमीहरूले उन्नति गर्न सक्दैनौ? तिमीहरूले परमप्रभुलाई त्यागेका हुनाले उहाँले पनि तिमीहरूलाई त्याग्नुभएको छ ।”
मैले पाप नै गरेको भए पनि, हे मानिसलाई हेर्नुहुने, त्यसले तपाईंलाइ के हुन्छ त? तपाईंले मलाई किन निसाना बनाउनुभएको छ जसको कारण म तपाईंको लागि बोझ छु?
¶ त्यो व्यक्ति धन्यको हो जसको अपराध क्षमा भएको छ, जसको पाप ढाकिएको छ ।
हेर्नुहोस्, तपाईंले मेरो अन्तस्करणमा विश्वासयोग्ता खोज्नुहुन्छ । अनि भित्रको गोप्य ठाउँमा तपाईंले मलाई बुद्धिका कुरा सिकाउनुहुन्छ ।
हे परमप्रभु, तपाईंले अधर्महरू उल्लेख गर्नुभयो भने, हे पमरप्रभु, को खडा हुन सक्थ्यो र?
सुनको औँठी वा निखुर सुनबाट बनेको गहना सुन्ने कानको लागि बुद्धिमान् हप्कीझैँ हो ।
तब मैले भने, “मलाई धिक्कार होस्! किनभने म सर्वनाश भएँ, म त अशुद्ध ओठ भएको मानिस हुँ, र अशुद्ध मानिसहरूको बिचमा म बस्छु, किनभने सर्वशक्तिमान् परमप्रभु महाराजा परमप्रभुलाई नै मेरा आँखाले देखेका छन्!”
तैंले मलाई पैसा हालेर सुगन्धित बोझो किनेको छैनस्, न तेरो बलिदानहरूको बोसो ममाथि खन्याएको छस् । तर तैंले मलाई आफ्ना पापहरूले भार थोपरेको छस्, तैंले मलाई आफ्ना दुष्ट कामहरू थकित बनाएको छस् ।
तर उहाँले शोक ल्याउनुभए तापनि उहाँको अचुक प्रेमको प्रचुरतामुताबिक उहाँले दया देखाउनुहुने छ ।
अनि स्वर्गदूतले आफ्नो अगि उभिरहेकाहरूलाई भने, “त्यसबाट ती फोहोर लुगाहरू फुकालिदेओ ।” अनि तिनले यहोशूलाई भने, “हेर! मैले तिम्रा पाप तिमीबाट अलग गराइदिएको छु र म तिमीलाई असल लुगा लगाइदिनेछु ।”
हेरोदले मानिसहरू पठाए र झ्यालखानामा यूहन्नाको शिर काटिदिए ।
जब तिनीहरूले यो सुने, तिनीहरूको हृदय छिया-छिया भयो र तिनीहरूले पत्रुस र अरू बाँकी प्रेरितहरूलाई भने, “भाइहरू हो, हामी के गरौँ?”
परमेश्वरका चुनिएकाहरूका विरुद्धमा कसले दोष ल्याउने? धर्मी तुल्याउनुहुने त परमेश्वर नै हुनुहुन्छ ।
तर उहाँ ज्योतिमा हुनुभएझैँ हामी ज्योतिमा हिँड्छौँ भने, हामी एक अर्कासँग सङ्गति गर्छौं, र उहाँका पुत्र येशू ख्रीष्टको रगतले हामीलाई हाम्रा सबै पापबाट शुद्ध पार्छ ।