परमप्रभुले मोशालाई भन्नुभयो, “तैँले अनुरोध गरेको यस कुरालाई पनि म मान्नेछु किनकि तैँले मेरो दृष्टिमा निगाह पाएको छस्, र म तँलाई नामले नै चिन्छु ।”
TSK
TSK · प्रेरित 10:3
Treasury of Scripture Knowledge references in अनलक शाब्दिक बाइबल.
मेरो सेवक याकूब र मेरो चुनिएको इस्राएलको निम्ति, मैले थोरै आदरको पद तँलाई दिएर तेरो नाउँ काढेर बोलाएको छु, तापनि तैंले मलाई चिन्दैनस् ।
तिन बजे येशू ठुलो स्वरले कराउनुभयो र भन्नुभयो, “इलोई, इलोई लामा सबखथनी?” जसको अर्थ हो, “मेरा परमेश्वर, मेरा परमेश्वर, तपाईंले मलाई किन त्याग्नुभएको छ?”
तब स्वर्गदूतले तिनीहरूलाई भने, “नडराऊ, किनभने आज म तिमीहरूलाई बडो आनन्दको सुसमाचार घोषणा गर्छु, जसले सबै मानिसहरूलाई ठुलो आनन्द दिनेछ ।
यो छैठौँ घडीको बेला थियो, र नवौँ घडीसम्म सारा देशभरि अन्धकारले ढाक्यो ।
तर रातको समयमा परमप्रभुका एउटा दूतले झ्यालखानाका ढोकाहरू खोलिदिए र तिनीहरूलाई बाहिर लगे र भने,
दमस्कसमा हननिया नाउँ गरेका चेला थिए । प्रभुले दर्शनमा तिनलाई भन्नुभयो, “ए हननिया” तिनले भने, “प्रभु, म यहीँ छु ।”
पत्रुसले दर्शनको बारेमा अझै सोचिरहेकै बेला पवित्र आत्माले तिनलाई भन्नुभयो, “हेर, तिन जना मानिसले तिम्रो खोजी गर्दैछन् ।
उनले स्वर्गदूत तिनको घरमा उभिरहेको कसरी देखेका थिए, र तिनले उनलाई यसो भने भनी हामीलाई बताए, “योप्पामा मानिसहरूलाई पठाऊ र सिमोनलाई फर्काएर ल्याऊ, जसको अर्को नाउँ पत्रुस हो ।
किनभने गएको रात मैले आराधना गर्ने परमेश्वर जसको म हुँ, उहाँका एक स्वर्गदूत मेरो छेउमा उभिए
के सबै स्वर्गदूतहरू मुक्ति पाउनेहरूको वास्ता र सेवा गर्न पठाइएका आत्माहरू होइनन् र?