TSK

TSK · प्रेरित 12:23

Treasury of Scripture Knowledge references in अनलक शाब्दिक बाइबल.

खण्डमा फर्कनुहोस्

मेरा मानिसहरूलाई जान नदिएर तैँले अझै पनि आफूलाई उचालिरहेको छस् ।

परमप्रभु भन्‍नुहुन्छः म त्यस रात मिश्र देश भएर जानेछु र मिश्र देशका मानिस र गाईवस्तुका सबै पहिले जन्मेकाहरूलाई आक्रमण गर्नेछु । म मिश्रका सबै देवी-देवतालाई दण्ड दिनेछु । म परमप्रभु हुँ ।

मध्यरातमा परमप्रभुले मिश्र देशमा सिंहासनमा बस्‍ने फारोको जेठो छोरोदेखि लिएर झ्यालखानामा बस्‍ने व्यक्तिको जेठो छोरोसम्म र गाईवस्तुका सबै पहिले जन्मेकाहरूलाई प्रहार गर्नुभयो ।

जब स्वर्गदूतले यरूशलेमलाई नाश गर्न आफ्‍नो हात त्‍यता पसारे, तब त्‍यसले ल्याउने हानिको कारणले परमप्रभुले आफ्‍नो मन बदल्नुभयो र उहाँले मानिसहरूलाई नाश पारिरहेका स्वर्गदूतलाई भन्‍नुभयो, “पुग्यो! अब तिम्रो हात थाम ।” त्यस बेला स्वर्गदूत यबूसी अरौनाको खलामा खडा भएका थिए ।

त्यसैले परमप्रभुले इस्राएलमा एउटा विपत्ति पठाउनुभयो, र सत्तरी हजार मानिसहरू मरे ।

तब परमप्रभुले एउटा स्वर्गदूत पठाउनुभयो, जसले छाउनीमा भएका राजाका योद्धाहरू, कमाण्‍डरहरू र अधिकृतहरूलाई मारे । यसरी सनहेरीब आफ्‍नो मुहारमा बेइज्‍जती लिएर तिनको आफ्नो देशमा फर्के । जब उनी आफ्नो देवताको मन्दिरमा पसेका थिए, तब उनका आफ्‍नै छोरामध्येका कसैले उनलाई तरवारले काटेर मारे ।

मेरो शरीरको छाला, अर्थात् शरीर पूरै गलेपछि, मेरो शरीरमा नै म परमेश्‍वरलाई देख्‍नेछु ।

मानिसलाई त्यसको बुद्धिअनुसार प्रशंसा गरिन्छ, तर टेडो रोजाइ गर्नेचाहिँ तुच्छ ठानिन्छ ।

तैंले कसको निन्दा र अपमान गरेको छस्? कसको विरुद्ध तैंले घमण्डमा आफ्‍ना आँखा उचालेको र आफ्‍नो सोर उच्‍च पारेको छस्? इस्राएलको परमपवित्रको विरुद्ध हो ।

तिनीहरू बाहिर जानेछन् र मेरो विरुद्धमा विद्रोह गर्ने मानिसहरूको लासहरू हेर्नेछन्, किनकि तिनीहरूलाई खाने कीराहरू मर्नेछैनन् र तिनीहरूलाई जलाउने आगो निभ्‍नेछैन । यो सबै मानिसहरूका निम्ति एउटा घृणा हुनेछ ।"

तँलाई मार्नेहरूका सामु के तँ अझै पनि “म देवता हुँ” भन्‍नेछस्‌ र? तँ मानिस होस्, र देवता होइन, र तँलाई छेड्नेहरूका हातमा तँ हुनेछस् ।

हे महाराजाका, सर्वोच्‍च परमेश्‍वरले हजुरका पिता नबूकदनेसरलाई राज्य, महान्‌ता, आदर, र ऐश्‍वर्य दिनुभयो ।

त्यस सेवकलाई आफ्नो मालिकले यस्तै गर्नेछन भन्‍ने थाहा हुँदाहुँदै पनि आफैँलाई तयार नगरी वा आफ्नो इच्छाअनुसार गरेको कारण उसलाई धेरै मुक्‍का हानिनेछ ।

तर जब प्रेरित पावल र बारनाबासले यो सुने, र तिनीहरूले आफ्ना लुगा च्याते र झट्टै कराउँदै मानिसहरूका भीडतिर गए ।