TSK

TSK · प्रेरित 13:22

Treasury of Scripture Knowledge references in अनलक शाब्दिक बाइबल.

खण्डमा फर्कनुहोस्

तर तिमीहरू दुष्‍टतामा लागिरहन्छौ भने, तिमीहरू र तिमीहरूका राजा दुवै नष्‍ट पारिनेछौ ।

“शाऊललाई राजा बनाएकोमा म दुःखी छु, किनकि मेरो अनुसरण गर्नबाट ऊ फर्किएको छ र मेरा आज्ञाहरू पालन गरेको छैन ।” शमूएल रिसाए । तिनले रातभरि परमप्रभुमा पुकारे ।

शमूएलले शाऊललाई भने, “म फर्केर तपाईंसँग जानेछैन । किनकि तपाईंले परमप्रभुको वचन इन्कार गर्नुभएको छ र परमप्रभुले तपाईंलाई इस्राएलका राजा हुनबाट इन्कार गर्नुभएको छ ।”

¶ परमप्रभुले शमूएललाई भन्‍नुभयो, “मैले शाऊललाई इस्राएलको राजा हुनबाट इन्कार गरेको कारणले तँ उसको निम्ति कहिलेसम्म विलाप गर्नेछस्? तेरो सीङ्‌मा तेल भर् र जा । म तँलाई बेथलेहेमको यिशैकहाँ पठाउनेछु, किनकि मैले त्यसका छोराहरूका बिचबाट एक जनालाई मेरो निम्ति राजा चुनेको छु ।”

शमूएलले भने, “तब परमप्रभुले तिमीलाई छोड्नुभएको र उहाँ नै तिम्रो शत्रु हुनुभएको हुनाले तिमीले मलाई के सोध्छौ?

त्यसपछि यहूदाका मानिसहरू आए र दाऊदलाई यहूदाको राजा अभिषेक गरे । तिनीहरूले दाऊदलाई भने, “याबेश- गिलादका मानिसहरूले शाऊलको दफन गरे ।”

अब उप्रान्‍त, मेरो सेवक दाऊदलाई यसो भन्, 'सर्वशक्तिमान् परमप्रभु भन्‍नुहुन्छ, 'मैले तँलाई खर्कबाट, भेडाहरूको पछिपछि हिंड्न छोडेर बोलाएँ, ताकि तैंले मेरा मानिस इस्राएलाई शासन गर्नुपर्छ ।

अबिया तिनको समयभन्दा अगि तिनका पिताले गरेका सबै पापमा हिँडे । तिनको ह्रदय तिनका पुर्खा दाऊदको ह्रदयजस्तै परमप्रभु तिनका परमेश्वरप्रति समर्पित भएन ।

बोअज ओबेदका पिता बने, र ओबेद यिशैका पिता बने ।

तापनि परमप्रभु इस्राएलका परमेश्‍वरले मेरा पिताका सबै परिवारबाट सदासर्वदाको निम्‍ति इस्राएलमाथि राज्‍य गर्न मलाई चुन्‍नुभयो । उहाँले यहूदाको कुललाई अगुवाको रूपमा चुन्‍नुभएको छ । यहूदाको कुलमा, र मेरो पिताको परिवारमा, मेरा पिताका छोराहरूमध्‍येबाट सारा इस्राएलमा राजा हुनलाई उहाँले मलाई चुन्‍नुभयो ।

उहाँले आफ्नो दास दाऊदलाई चुन्‍नुभयो र तिनलाई भेडाका बगालहरूबाट ल्‍याउनुभयो ।

तब तिमीहरूले मेरा दास दाऊदसित बाँधिएको मेरो करारलाई भङ्ग गर्न सक्‍नेछौ, जसको कारणले उसको सिंहासनमा बस्‍न उसको कुनै छोरो हुनेछैन, र लेवी कुलका पुजारीहरू अर्थात् मेरा दासहरूसित बाँधिएको मेरो करार पनि भङ्ग हुनेछ ।

मेरो दास दाऊदलाई तिनीहरूमाथि म एक जना गोठालो नियुक्त गर्नेछु । त्यसले तिनीहरूको गोठालो गर्नेछ, त्‍यसले तिनीहरूलाई खुवाउनेछ, र त्यो नै तिनीहरूका गोठालो हुनेछ ।

त्यसपछि इस्राएलका मानिसहरू फर्कनेछन् र परमप्रभु आफ्‍ना परमेश्‍वर र आफ्‍ना राजा दाऊदलाई खोज्‍नेछन्, र अन्तका दिनहरूमा, तिनीहरु परमप्रभु र उहाँको भलाइको सामु भयसाथ आउँछन् ।

जसले परमेश्‍वरको दृष्‍टिमा निगाह पाए र तिनले याकूबका परमेश्‍वरको निम्ति एउटा वासस्थान निर्माण गर्नका निम्ति अनुरोध गरे ।

विश्‍वासद्वारा नै हाबिलले कयिनले भन्दा उत्तम बलिदान चढाए । यसकारण, तिनी धर्मी हुन पुगे । यसरी, परमेश्‍वरप्रति तिनको भेटीको कारणले गर्दा तिनले सर्मथन पाए । त्यसैकारण, हाबिल मरे तापनि तिनी अझ बोलिरहेका छन् ।