मर्कूस 15:10
TSK
किनभने डाहको कारणले गर्दा नै मुख्य पुजारीहरूले येशूलाई तिनको हातमा सुम्पेका हुन् भन्ने तिनलाई थाहा थियो ।
TSK
Treasury of Scripture Knowledge references in अनलक शाब्दिक बाइबल.
किनभने डाहको कारणले गर्दा नै मुख्य पुजारीहरूले येशूलाई तिनको हातमा सुम्पेका हुन् भन्ने तिनलाई थाहा थियो ।
जब यहूदीहरूले भिडलाई देखे, तिनीहरू डाहले भरिए, र पावलले भनेका कुराहरूको बिरुद्धमा बोल्न थाले र उनको अपमान गरे।
तर एन्टिओखिया र आइकोनियमबाट केही यहूदीहरू आए र भिडहरूलाई मनाए । तिनीहरूले पावललाई ढुङ्गाले हाने र ऊ मरेछ भनी विचार गरेर घिसार्दै सहरबाट बाहिर निकाले ।
तर जब पावलले परमेश्वरको वचन बेरियामा पनि घोषणा गर्दैछन् भनी थेसलोनिकेका यहूदीहरूले थाहा पाए, तिनीहरू त्यहाँ गएर भिडहरूलाई उक्साए र खलबल मच्चाउन लगाए ।
सात दिनको समय पुरा हुन लाग्दा, एसियाबाट आएका केही यहूदीहरूले पावललाई मन्दिरमा देखे, र सबै भिडलाई नै उत्तेजित बनाए, र उनीमाथि हात हाले ।