वास्तवमा, आज तपाईंले मलाई यस जग्गाबाट धपाउनुभएको छ र म तपाईंको नजरबाट लुक्नेछु । म पृथ्वीमा भगुवा र आवारा हुनेछु र जसले भेट्टाउँछ त्यसले मलाई मार्नेछ ।”
TSK
TSK · प्रेरित 19:13
Treasury of Scripture Knowledge references in अनलक शाब्दिक बाइबल.
त्यस दिन इस्राएलका मानिसहरू व्याकुल भएका थिए किनभने, “साँझसम्म र मैले आफ्ना शत्रुहरूमाथि बद्ला नलिएसम्म खाना खाने कुनै पनि मानिस श्रापित होस्” भनेर शाऊलले मानिसहरूलाई शपथ खान लगाएका थिए । त्यसैले फौजका कुनै पनि व्यक्तिले खाना चाखेका थिएनन् ।
त्यसका छोराछोरी भौंतारिऊन् र आफ्ना भग्नावशेष घर छोडेर जाँदा तिनीहरूले भीख मागून् ।
तर येशू चुप रहनुभयो । प्रधान पुजारीले उहाँलाई भने, “जीवित परमेश्वरको नाउँमा म तिमीलाई आज्ञा गर्दछु, हामीलाई बताऊ कि के तिमी ख्रीष्ट अर्थात् परमेश्वरका पुत्र हौ?”
यूहन्नाले उहाँलाई भने, “गुरुज्यू, हामीले कसैलाई तपाईंको नाममा भूतात्मा धपाउँदै गरेको देख्यौँ र हामीले त्यसलाई रोक्यौँ, किनकि त्यसले हामीलाई पछ्याउँदैन ।”
यदि मैले बालजिबुलको नाउँमा भूतहरूलाई धपाएँ भने, तिमीहरूका चेलाले कसको नाउँबाट धपाउलान् त? किनकि, तिनीहरू तिम्रो न्याय गर्नेहरू हुनेछन् ।