TSK

TSK · प्रेरित 26:3

Treasury of Scripture Knowledge references in अनलक शाब्दिक बाइबल.

खण्डमा फर्कनुहोस्

आज्ञा र विधानहरूको अनुसरण गरेर मैले छाप लगाइएको र नलागाइएको तमसुक लिएँ ।

तपाईंले अन्यजातिहरूका माझमा बस्‍ने सारा यहूदीहरूलाई मोशालाई त्याग्‍न भनी सिकाउनुहुन्छ, र आफ्ना बच्‍चाहरूको खतना नगर्नू र पुराना रीतिरिवाज नमान्‍नू भन्‍नुहुन्छ भनी तपाईंको बारेमा तिनीहरूलाई भनिएको छ ।

तर जब शासकले पावललाई बोल्नका लागि इशारा गरे, पावलले जवाफ दिए, “म बुझ्छु कि तपाईं यस जातिको निम्ति धेरै वर्षदेखि न्यायकर्ता हुनुभएको छ, र यसैले म आफैँलाई तपाईंको सामु खुसीसाथ बयान गर्छु ।”

तर मसँग सम्राटलाई लेख्‍ने कुनै निश्‍चित कुराहरू छैन । यसकारण मैले उसलाई तपाईंहरूकहाँ ल्याएको छु, विशेषगरी राजा अग्रिप्पाकहाँ, ताकि मसँग मुद्दाको बारेमा लेख्‍ने केही कुराहरू होस् ।

किनकि राजाले यी कुराहरूको बारेमा जान्‍नुहुन्छ, र यसैले म उहाँसँग खुलेर बोल्छु, किनकि मलाई विश्‍वास छ, कि उहाँबाट यीमध्ये कुनै पनि कुराहरू लुकेका छैनन्, किनकि यो कुरा गुपचुपमा गरिएको छैन ।

मानौँ, मसँग अगमवाणी गर्ने वरदान छ र म लुकेका रहस्यहरू बुझ्‍न सक्छु र मसँग पहाडहरू हटाउन सक्‍ने सम्मको विश्‍वास छ, तर मसँग प्रेम छैन भने म केही पनि होइनँ ।