त्यसकारण, इस्राएलीहरूलाई यसो भन्, 'म परमप्रभु हुँ । म तिमीहरूलाई मिश्रीहरूको दासत्वबाट निकाली तिनीहरूको शक्तिबाट मुक्त गराउनेछु । मेरो शक्ति देखाएर र इन्साफका शक्तिशाली कामहरू गरेर म तिमीहरूलाई छुटकारा दिनेछु ।
TSK
TSK · प्रेरित 4:30
Treasury of Scripture Knowledge references in अनलक शाब्दिक बाइबल.
हे परमप्रभु, तपाईं जान्नुहुन्छ । मलाई सम्झनुहोस्, र सहायता गर्नुहोस् । मलाई सतावट गर्नेहरूको विरुद्धमा मेरो पक्षमा बदला लिनुहोस् । तपाईं धैर्यवान् हुनुहुन्छ, तर मलाई टाढा लाने अनुमति तिनीहरूलाई नदिनुहोस् । तपाईंको निम्ति मैले निन्दा भोग्छु भनी जान्नुहोस् ।
जब उहाँका चेलाहरू यूहन्ना र याकूबले यो देखे, तिनीहरूले भने, “प्रभु के स्वर्गबाट आगो बर्साएर तिनीहरूलाई नष्ट गर्न हामी आज्ञा गरौँ?”
तब येशूले तिनलाई भन्नुभयो, “चिह्नहरू र आश्चर्यकर्महरू नदेखेसम्म तिमीहरूले विश्वास गर्नेछैनौ ।”
हरेक व्यक्तिमाथि डर छायो र प्रेरितहरूद्वारा धेरै अचम्मका कार्यहरू र चिन्हहरू भए ।
अब उहाँको नाउँमाथिको विश्वासले यी मानिसलाई बलियो बनायो, जसलाई तपाईंले देख्नु र जान्नुहुन्छ । येशूप्रति यिनको विश्वासले यिनलाई तपाईंहरू सबैको सामुन्ने पूर्ण स्वास्थ्य प्रदान गरेको छ ।
वास्तवमा, गैरयहूदीहरू र इस्राएलका मानिसहरूसँगै हेरोद र पन्तियस पिलातस दुवै यो शहरमा तपाईंले अभिषेक गर्नुभएका तपाईंका पवित्र सेवक येशूको विरुद्धमा भेला भए ।
पत्रुस त्यहाँबाट भएर आउँदा तिनको छाया तिनीहरूमध्ये कोहीमाथि परोस् भनेर तिनीहरूले बिरामीहरूलाई गल्लीहरूमा बोकेर ल्याए र तिनीहरूलाई खाट र पलङहरूमा राखे ।
पत्रुसले तिनलाई भने, “ए एनियास, येशू ख्रीष्टले तिमीलाई निको पार्नुहुन्छ । उठ र तिम्रो ओछ्यान मिलाऊ ।” तिनी तुरुन्तै उठे ।