TSK

TSK · प्रेरित 6:3

Treasury of Scripture Knowledge references in अनलक शाब्दिक बाइबल.

खण्डमा फर्कनुहोस्

फारोले आफ्ना कामदारहरूलाई भने, “यिनीजस्तै परमेश्‍वरको आत्मा भएको अर्को कुनचाहिँ मानिस हामी पाउन सक्छौँ र?”

परमप्रभुले मोशालाई भन्‍नुभयो, “नूनका छोरा यहोशूलाई ले, एउटा मानिस जसमा मेरो आत्मा छ र त्यसमाथि तेरो हात राख् ।

मैले भनें, “बुढा-पाकाले बोल्नुपर्छ । धेरै वर्ष बिताएकाहरूले बुद्धि सिकाउनुपर्छ ।

न्याय आसनमा बस्‍नेको निम्ति न्यायको आत्मा र आफ्‍ना ढोकाहरूमा आफ्ना शत्रुलाई फर्काउनेहरूका निम्ति सामर्थ्य हुनुहुनेछ ।

तर तिमीहरूलाई ‘रब्बी’ भनी सम्बोधन गरिनुहुँदैन, किनकि तिमीहरूका एउटै मात्र गुरु हुनुहुन्छ, र तिमीहरू सबै दाजुभाइहरू हौ ।

तिनीहरू सबै जना पवित्र आत्माले भरिए र आत्माले तिनीहरूलाई दिनुभएअनुसार अरू भाषाहरूमा बोल्न थाले ।

भाइहरूले यो कुरा थाहा पाएर तिनलाई कैसरिया ल्याए र त्यहाँबाट तिनलाई टार्सस पठाइदिए ।

जब तिनीहरू उपवाससहित आराधना गरिरहेका थिए, पवित्र आत्माले भन्‍नुभयो, “शाऊल र बारनाबासलाई मेरो निम्ति अलग गर जुन काम गर्नका निम्ति मैले तिनीहरूलाई बोलाएको छु ।”

लुस्‍त्रा र आइकोनियमका भाइहरूले तिमोथीका बारेमा असल कुरा भन्थे ।

किनभने एउटालाई आत्माद्वारा बुद्धिको कुरा बोल्ने वरदान दिइएको छ भने उही आत्माद्वारा अर्कोलाई ज्ञानको कुरा गर्ने वरदान दिइएको छ ।

त्यति मात्र होइन, तिनी हाम्रो यो उदारताको काममा हामीसँगै यात्रा गर्नको निम्ति मण्डलीहरूद्वारा छानिएका थिए । यो परमेश्‍वरको आफ्नै आदर र सहयोग गर्ने हाम्रो उत्कट इच्छाको निम्ति हो ।

तिनी बाहिरको मानिसहरूको दृष्‍टिकोणमा पनि प्रतिष्‍ठित हुनुपर्दछ । ताकि तिनी शर्ममा र दुष्‍टको पासोमा नपरून् ।

हरेक असल वरदान र हरेक सिद्ध वरदान माथिबाटको हो । ज्योतिका पिताबाट त्यो तल आउँछ । उहाँ बद्‌लिरहने छायाजस्तो बद्‌लिनुहुन्‍न ।

हामी जान्दछौँ, कि हामी मृत्यु पार गरेर जीवनमा सरेका छौँ, किनकि हामी दाजुभाइहरूलाई प्रेम गर्छौं । जसले प्रेम गर्दैन, त्यो मृत्युमा रहन्छ ।