TSK

TSK · प्रेरित 8:10

Treasury of Scripture Knowledge references in अनलक शाब्दिक बाइबल.

खण्डमा फर्कनुहोस्

सानादेखि ठुलासम्म सबै जना बेइमान आर्जनको लागि लोभी भएका छन्, यो परमप्रभुको घोषणा हो । अगमवक्तादेखि पुजारीसम्म सबैले छलको अभ्यास गर्छन् ।

तब हरेक मानिसले फेरि आफ्नो छिमेकी वा हरेक मानिसले आफ्नो भाइलाई यसो भनेर सिकाउने छैन, 'परमप्रभुलाई चिन ।' किनकि सानादेखि ठुलासम्म तिनीहरू सबैले मलाई चिन्‍नेछन्‌, यो यो परमप्रभुको घोषणा हो । किनकि म तिनीहरूको अधर्म क्षमा दिनेछु, र फेरि तिनीहरूका पाप सम्झनेछैनँ ।”

जब भिडले पावलले गरेका काम देखे, तब तिनीहरूले आफ्ना स्वर उच्‍चालेर कराउँदै लुकोनियाको भाषामा भने, “देवहरू मानिसहरूका रूपमा हामीकहाँ तल ओर्ली आएछन् ।”

तर तिनीहरू अर्थात् यहूदी र ग्रिक दुवै जसलाई परमेश्‍वरले बोलाउनुभएको छ, तिनीहरूका माझमा हामी ख्रीष्‍टलाई परमेश्‍वरको शक्‍ति र बुद्धिको रूपमा प्रचार गर्छौं ।

हामी अब बालकहरू जस्तै नहोऔँ भनेर यो जरूरी छ । हामी अब उसो यता-उता नबरालिऔँ भनेर यो जरूरी छ । सबै शिक्षाको बेगसँगै र मानिसहरूको धोखा दिने चलाखीपनको छलद्वारा हामी नबहकिऔँ भनेर यो जरूरी छ ।

त्यो पशुको टाउकामा गहिरो चोट थियो, जसले मृत्युसम्म लैजान सक्‍थ्यो, तर त्यो घाउ निको भयो । र सारा पृथ्वी अचम्मित भयो र तिनीहरूले त्यस पशुलाई पछ्याए ।