तिनीहरूले तिनलाई भने, “हेर्नुहोस्, तपाईंका दासहरूका माझमा पचास जना बलिया मानिस छन् । हामी अनुरोध गर्छौं कि तिनीहरूलाई जान र तपाईंका मालिकको खोजी गर्न दिनुहोस्, कतै परमप्रभुका आत्माले तिनलाई माथि लानुभएको र तिनलाई कुनै पहाड वा उपत्यकामा फाल्नुभएको छ कि?” एलीशाले जवाफ दिए, “अहँ, तिनीहरूलाई नपठाओ ।”
TSK
TSK · प्रेरित 8:39
Treasury of Scripture Knowledge references in अनलक शाब्दिक बाइबल.
तपाईंका करारका आदेशहरूलाई सदासर्वदा म आफ्नो पैतृक अंशको रूपमा दाबी गर्छु, किनकि ति मेरो हृदयको आनन्द हुन् ।
किनकि तिमीहरू आनन्दमा जानेछौ र शन्तिसित डोर्याइनेछौ । तिमीहरूका सामु पर्वतहरू र पहाडहरू आनन्दको सोरमा गाउनेछन्, अनि मैदानका सबै रूखले आफ्ना हातले ताली बजाउनेछन् ।
आमाले आफ्नो बालकलाई सान्त्वना दिएझैं म तिमीहरूलाई सान्त्वना दिनेछु, र यरूशलेममा तिमीहरूले सान्त्वना पाउनेछौ ।”
तब तिनले हातजस्तै आकार पसारेर मेरो कपाल समातेर मलाई जुरुक्क उठाए । आत्माले मलाई पृथ्वी र स्वर्गको बिचमा उचाल्नुभयो, र परमेश्वरका दर्शनहरूमा यरूशलेममा मन्दिरको भित्री चोकमा प्रवेश गर्ने उत्तरपट्टिको मूल ढोकानेर उहाँले मलाई लग्नुभयो, जहाँ डाही बनाउने मूर्ति खडा थियो ।
आत्माले मलाई माथि उठाउनुभयो र परमेश्वरका आत्माद्वारा दिइएको दर्शनमा कल्दीमा निर्वासित भएकाहरूकहाँ ल्याउनुभयो । तब मैले देखेको त्यो दर्शन मबाट मास्तिर गइहाल्यो ।
उहाँको बप्तिस्मा भइसकेपछि येशू तुरुन्तै पानीबाट बाहिर निस्केर आउनुभयो, र हेर, उहाँको निम्ति स्वर्ग उघारियो । उहाँले परमेश्वरका आत्मा ढुकुरजस्तै गरी तल झर्दै आफूमाथि आइरहनुभएको देख्नुभयो ।
जसै येशू पानीबाट निस्कनुभयो, उहाँले स्वर्ग उघ्रिएको र पवित्र आत्मा ढुकुरजस्तै उहाँमाथि आइरहनुभएको देख्नुभयो ।
अनि चेलाहरू आनन्द र पवित्र आत्माले भरपुर भए ।
हामीले उहाँप्रतिको विश्वासद्वारा यो अनुग्रहमा प्रवेश पाएका छौँ जसमा हामी खडा छौँ । हामी परमेश्वरले हामीलाई भविष्यको निम्ति दिनुहुने दृढता अर्थात् हामी परमेश्वरको महिमामा सहभागी हुनेछौँ भन्ने दृढतामा रमाउँछौँ ।
म ख्रीष्टमा एक जना मानिसलाई चिन्छु जो चौध वर्ष अगाडि तेस्रो स्वर्गसम्म उचाली लगियो, शरीरमा वा शरीरविनै मलाई थाहा छैन, तर परमेश्वरलाई थाहा छ ।
प्रभुमा सधैँ आनन्द गर । म फेरि पनि भन्दछु, आनन्द गर ।
तर अहिले तिमीहरू आफ्ना अभिमानी योजनाहरूका विषयमा शेखी गरिरहेका छौ । यस्ता सबै शेखी खराब हुन् ।