TSK

TSK · दानिएल 11:36

Treasury of Scripture Knowledge references in अनलक शाब्दिक बाइबल.

खण्डमा फर्कनुहोस्

किनकि परमप्रभु तिमीहरूका परमेश्‍वर नै देवहरूका परमेश्‍वर र प्रभुहरूका प्रभु, महान् परमेश्‍वर, शक्तिशाली र भययोग्य हुनुहुन्छ जसले कसैको पक्षपात गर्नुहुन्‍न र घुस लिनुहुन्‍न ।

तर उहाँ बेग्‍लै किसिमको हुनुहुन्छ, कसले उहाँलाई फर्काउन सक्छ र? उहाँले जे इच्छा गर्नुहुन्छ, सो गर्नुहुन्छ ।

देवताहरूका परमेश्‍वरलाई धन्वाद देओ, किनकि उहाँको करारको विश्‍वस्‍तता सदासर्वदा रहन्छ ।

अश्‍शूरलाई धिक्‍कार, जो मेरो रिसको लट्ठी हो, त्‍यो लहुरो जसद्वारा म आफ्‍नो क्रोध मच्‍चाउँछु!

त्यससँग नडराओ किनकि तिमीहरू विरुद्धको मेरो रिस चाँडै अन्‍त हुनेछ र मेरो क्रोधले त्यसको विनाशमा लैजानेछ ।”

बादलहरूको उचाइभन्दा माथि म चड्‍नेछु । म आफैलाई सर्वोच्‍च परमेश्‍वरजस्तै बनाउनेछु ।'

किनकि जल्नको निम्ति ठाउँ धेरै पहिला तयार पारिएको थियो । वास्तवमा, यो राजाको निम्ति तयार पारिन्छ र परमेश्‍वरले यसलाई गहिरो र फराकिलो बनाउनुभएको छ । त्यो आगो र धेरै दाउरासहित तयार छ । परमप्रभुको सासले गन्धकको नदीजस्तै यसलाई आगो सल्काउनेछ ।

तिमीहरू मोलेककहाँ तेल लिएर गयौ । तिमीहरूले सुगन्धित तेल बढायौ । तिमीहरूले आफ्‍ना राजदूतहरूलाई टाढा पठायौ । तिमीहरू तल चिहान गयौ ।

तैंले जे भनिस् त्‍यसले तैंले आफैलाई मेरो विरुद्ध उचालिस्, र मेरो विरुद्धमा तैंले भनेका कुरामा तैंले धेरै बढाइस् । अनि मैले ती सबै सुनें ।

सम्‍पूर्ण पृथ्वीका मानिसहरूलाई उहाँले अगि निम्‍न स्‍तरका गनिन्छन् । स्वर्गका सेनाहरू र पृथ्वीका मानिसहरूका बिचमा उहाँले आफूलाई ठिक लागेअनुसार गर्नुहुन्छ । कसैले पनि उहाँलाई रोक्‍न वा उहाँलाई चुनौती दिन सक्दैन । कसैले पनि उहाँलाई यसो भन्‍न सक्दैन, ‘तपाईंले किन यसो गर्नुभयो’?”

त्यसको शिरका दशवटा सिङ र नयाँ पलाएको अर्को सिङ जसको सामु तिनवटा सिङ उखेलिएर झरेको बारेमा जान्‍ने इच्‍छा मलाई भयो। आँखा भएका सिङ र ठुला कुराहरूको सेखी गर्ने मुखको बारेमा जान्‍ने इच्‍छा मलाई भयो, अनि त्‍यो आफ्‍ना मित्रहरूभन्दा महान् देखिन्थ्यो ।

त्यसले आफूलाई सेनाका कमान्‍डर जत्तिकै महान् बनायो । त्यसले उहाँबाट नियमित होमबलि खोसेर लग्यो, र उहाँको पवित्रस्थानलाई अशुद्ध पारियो ।

उसको शक्ति महान् हुनेछ— तर उसको आफ्नै शक्तिले होइन । उसले जे कुराको विनाश गर्छ, त्‍यसमा ऊ अचम्ममा पर्नेछ । काम गर्नेछ र सफल हुनेछ । उसले शक्तिशाली मानिसहरू, अर्थात् पवित्र जनहरूका बिचमा भएका मानिसहरूलाई सर्वनाश गर्नेछ ।

एउटा सातको निम्‍ति तिनले धेरै जनासँग करार सदर गर्नेछन् । सातको बिचमा तिनले बलिदान र भेटीलाई समाप्‍त गर्नेछन् । घृणित कुराहरूको पखेटामा कोही व्‍यक्‍ति आउनेछ जसले सर्वनाश गर्नेछ । सर्वनाश गर्ने व्‍यक्‍तिलाई पूर्ण रूपमा खत्तम गर्ने र विनाश पार्ने आदेश भएको छ ।”

बरु, आउनेले चाहिं आफ्नो इच्छा अनुसार उनको विरुद्ध व्यवहार गर्नेर्छन् । तिनको मार्गमा कोही खडा हुनेछैन । सुन्दरताको देशमा तिनी खडा हुनेछन्, र विनाश तिनको हातमा हुनेछ ।

दैनिक होमबलि हटाइएको र पूर्ण विनाश ल्याउने घृणित थोकको स्‍थापना गरिएको समयदेखि, त्‍यहाँ १,२९० दिन हुनेछन् ।

म आफैँले केही गर्न सक्दिनँ । म जस्तो सुन्छु त्यस्तै न्याय गर्छु र मेरो न्याय धार्मिक हुन्छ, किनकि मैले आफ्नो इच्छा खोजिरहेको छैनँ, तर मलाई पठाउनुहुनेको इच्छा खोजिरहेको छु ।

तपाईंको बाहुली र इच्छाले यो हुनुभन्दा पहिले नै निर्णय गर्नुभएको सबै कुरा गर्नलाई तिनीहरू सँगसँगै भेला भए ।

तर त्यस दिन सातौँ स्वर्गदूतले आफ्नो तुरही फुक्‍नै लाग्दा त्यस दिनमा उहाँका सेवक अगमवक्‍ताहरूलाई घोषणा गर्नुभएजस्तै त्यो रहस्य परमेश्‍वरले पुरा गर्नुहुनेछ ।”

अनि सर्पको उपस्थितिबाहिर तयार पारेको ठाउँ उजाड-स्थानमा उडेर जानका निम्ति त्यस स्‍त्रीलाई एउटा ठुलो गरुडको दुइवटा पखेटा दिइयो । यो त्यही ठाउँ थियो जहाँ त्यसलाई एक समय, समयहरू र आधा समयका निम्ति वास्ता गर्न सकिन्थ्यो ।

त्यसपछि स्वर्गदूतले मलाई आत्मामा बोकेर उजाड-स्थानतिर लगे, र निन्दा गर्ने पुरै नाउँहरूले भरिएकी रातो रङको पशुमाथि बसेकी एउटी स्‍त्रीलाई मैले देखेँ । त्यस जनावरको सातवटा टाउका र दसवटा सिङ थिए ।