TSK

TSK · दानिएल 12:2

Treasury of Scripture Knowledge references in अनलक शाब्दिक बाइबल.

खण्डमा फर्कनुहोस्

मानिसलाई त्यसको बुद्धिअनुसार प्रशंसा गरिन्छ, तर टेडो रोजाइ गर्नेचाहिँ तुच्छ ठानिन्छ ।

तिनीहरू बाहिर जानेछन् र मेरो विरुद्धमा विद्रोह गर्ने मानिसहरूको लासहरू हेर्नेछन्, किनकि तिनीहरूलाई खाने कीराहरू मर्नेछैनन् र तिनीहरूलाई जलाउने आगो निभ्‍नेछैन । यो सबै मानिसहरूका निम्ति एउटा घृणा हुनेछ ।"

¶ परमप्रभुको हात ममाथि थियो, र उहाँले मलाई परमप्रभुको आत्माले बाहिर ल्‍याउनुभयो र एउटा बेसीको बिचमा मलाई राख्‍नुभयो । त्‍यो हाडहरूले भरिएको थियो ।

के म तिनीहरूलाई चिहानको शक्तिदेखि बचाउनेछु र? के म तिनीहरूलाई मृत्‍युबाट बचाउनेछु र? ए मृत्‍यु, तेरा विपत्तिहरू कहाँ छन्? ए चिहान, तेरो विनाश कहाँ छ? मेरा आँखाबाट दया लुकेको छ ।”

यिनीहरू अनन्‍तको दण्‍डमा जानेछन् तर धर्मीहरूचाहिँ अनन्‍त जीवनमा प्रवेश गर्नेछन् ।”

येशूले तिनलाई भन्‍नुभयो, “तिम्रा भाइ फेरि जीवित हुनेछन् ।”

के कुमालेसित उही माटोको डल्लोबाट विशेष प्रयोगको निम्ति प्रयोग गरिने भाँडो र दैनिक प्रयोगको निम्ति प्रयोग गरिने भाँडो बनाउने अधिकार हुँदैन र?

हेर! म तिमीहरूलाई गोप्य सत्य बताउँछुः हामी सबै मर्नेछैनौँ, तर हामी सबै परिवर्तन हुनेछौँ ।

मैले शक्‍तिशाली र कमजोर मृतकहरूलाई सिंहासनको अगाडि उभिरहेको देखेँ र पुस्तकहरू खोलिए । तब अर्को पुस्तक अर्थात् जीवनको पुस्तक पनि खोलिएको थियो । ती पुस्तकहरूमा लेखिएका विवरणअनुसार तिनीहरूका कामहरूका आधारमा मृतकहरूको न्याय भयो ।