जब ती पग्लिन्छन्, ती बिलय हुन्छन् । तातो हुँदा ती आफ्नो ठाउँबाट पग्लेर जान्छन् ।
TSK
TSK · दानिएल 2:35
Treasury of Scripture Knowledge references in अनलक शाब्दिक बाइबल.
पृथ्वीका सबै मानिसहरूले सम्झनेछन् र परमप्रभुतिर फर्कनेछन् । जातिहरूका सबै परिवार तपाईंको सामु घोप्टो पर्नेछन् ।
तर जब म फेरि त्यो बाटो जाँदा, त्यो त्यहाँ थिएन । मैले त्यसलाई खोजें तर त्यसलाई भेट्टाउन सकिएन ।
सारा पृथ्वीले तपाईंको आराधना गर्नेछ र तपाईंको स्तुति गाउने छ । तिनीहरूले तपाईंको नाउँको स्तुति गाउनेछन् ।” सेला
देशमा अन्नको प्रशस्त होस् । पहाड टुप्पाहरूमा उनीहरूका बाली लहलह होऊन् । यसको फल लेबनानको जस्तै होस् । सहरका मानिसहरू मैदानको घाँसझैं फल्दोफुल्दो होऊन् ।
हे परमप्रभु, तपाईंले बनाउनुभएका सबै जाति आउनेछन् र तपाईंको सामु घोप्टो पर्नेछन् । तिनीहरूले तपाईंको नाउँको आदर गर्नेछन् ।
अन्तका दिनहरूमा यस्तो हुनेछ परमप्रभुको मन्दिरको पर्वतलाई सबैभन्दा उच्च पर्वतहरूझैं स्थापित गरिनेछ, र डाँडाहरूभन्दा माथि त्यो उचालिनेछ, र सबै जातिहरू यतैतिर आउनेछन् ।
जातिहरू धेरै पानी बगेझैं गर्जन्छन्, तर उहाँले तिनीहरूलाई हप्काउनुहुनेछ र तिनीहरू टाढा भाग्नेछन्, डाँडाहरूमाथि भुसझैं तिनीहरू हावाको सामु उड्नेछन् र आँधीको सामु मडारिएको झारझैं हुनेछन् ।
यसैले तिनीहरू बिहानको बादलझैं, चाँडै नै बिलाइजाने शितझैं, खलाबाट हुरीले टाढा उडाएको भुसझैं, र चिम्नीबाट निस्कने धूवाँझैं हुनेछन् ।
ए सियोनकी छोरी उठ् र दाइँ गर्, किनभने म तेरो सिङ्लाई फलाम र तेरा खुरलाई काँसा बनाउनेछु । तिमीहरूले धेरै जातिहरूलाई कुल्चनेछौ र तिनीहरूका अन्यायपूर्ण धन समस्त पृथ्वीका परमप्रभुकहाँ सुम्पनेछौ ।”
किनकि आफ्ना सबै शत्रुहरूलाई आफ्ना खुट्टामुनि नपारुञ्जेलसम्म उहाँले शासन गर्नुहुनेछ ।
तर जित्नका निम्ति त्यो अजिङ्गरसँग पर्याप्त बल थिएन । त्यसकारण, स्वर्गमा त्यसको र त्यसका दूतहरूका निम्ति कुनै ठाउँ भएन ।
त्यसपछि मैले एउटा महान् सेतो सिंहासन र त्यसमाथि विराजमान हुनुहुनेलाई देखेँ । उहाँको उपस्थितिबाट स्वर्ग र पृथ्वी भागेर टाढा गए, तर तिनीहरूका लागि जान त्यहाँ कुनै ठाउँ थिएन ।