फारोले अनुसन्धान गर्दा इस्राएलीहरूका एउटै पनि पशु नमेरोको पाए । तर तिनको ह्रदय हठी भयो, त्यसैले तिनले मानिसहरूलाई जान दिएनन् ।
TSK
TSK · दानिएल 5:20
Treasury of Scripture Knowledge references in अनलक शाब्दिक बाइबल.
अब मलाई थाहा भयो कि परमप्रभु अरू सबै देवभन्दा महान् हुनुहुँदोरहेछ किनकि मिश्रीहरूले इस्राएलीहरूलाई अभिमानपूर्वक व्यवहार गर्दा परमेश्वरले आफ्नो जातिलाई छुटकारा दिनुभयो ।”
तर तिनीहरूले सुनेनन् । बरु परमप्रभु आफ्ना परमेश्वरमाथि विश्वास नगर्ने आफ्ना पुर्खाहरूजस्तै तिनीहरू ज्यादै हठी भए ।
परमेश्वरको नाउँमा तिनलाई शपथ खुवाउने राजा नबूकदनेसरसँग पनि तिनले बिद्रोह गरे । तर सिदकियाहले परमप्रभु इस्राएलका परमेश्वरतिर फर्किआउने कुराको विरुद्ध तिनी हठी भए र आफ्नो हृदय कठोर पारे ।
तेरो रिसको झोँक छरपष्ट पार् । हरेक अहङ्कारीलाई हेर अनि उसलाई तल झार् ।
विनाशअगि घमण्ड आउँछ, र पतनअगि हठी आत्मा आउँछ ।
¶ ए बेबिलोनकी कन्ये छोरी, तल आइज र धूलोमा बस् । ए कल्दीकी छोरी सिंहासनविना नै जमिनमा बस् । तँलाई कदापि सुकुमार र कोमल भनिनेछैन ।
“सर्वशक्तिमान् परमप्रभु इस्राएलका परमेश्वर यसो भन्नुहुन्छ, 'हेर्, मैले यो सहर र यसका सबै नगरहरूको विरुद्धमा घोषणा गरेका सबै विपत्ति ल्याउनै लागेकोछु, किनकि तिनीहरू अटेरी भए र मेरा वचन सुन्न इन्कार गरे' ।”
परमप्रभु यसो भन्नुहुन्छः मिश्रदेशलाई सहयोग गर्नेहरूचाहिं पतन हुनेछन्, र त्यसको बलको घमण्ड तल जानेछ । मिग्दोलदेखि आश्वानसम्मै तिनीहरूका फौज तरवारले ढालिनेछन्— यो परमप्रभु परमेश्वरको घोषणा हो ।
रूखको जरासहितको फेदलाई त्यहीं छोड्ने आज्ञा भएझैं, स्वर्गले शासन गर्नुहुन्छ भनेर हजुरले स्वीकार गरेपछि हजुरको राज्य हजुरलाई फर्काइनेछ ।
अनि तिनले भने, “के यो महान् बेबिलोन होइन, जुन मैले आफ्नो राजकीय निवास, र आफ्नो ऐश्वर्यको महिमाको निम्ति निर्माण गरें?”.
उहाँका बाहुलीले शक्तिशाली कामहरू गरेका छन् । आफ्नो हृदयमा घमण्ड विचार भएकाहरूलाई उहाँले तितर-बितर पार्नुभएको छ ।
बरु, जबसम्म “आजको दिन” भन्ने कुरा छ, दिनहुँ एकले अर्कोलाई उत्साह देओ । त्यसकारण, तिमीहरूमध्ये कसैले पनि छलकपटको पापद्वारा हृदय कठोर नपारोस् ।