TSK

TSK · दानिएल 6:26

Treasury of Scripture Knowledge references in अनलक शाब्दिक बाइबल.

खण्डमा फर्कनुहोस्

किनकि आगोको बिचबाट जीवित परमेश्‍वरको वचन सुनेर पनि हामीजस्तै बाँच्ने कुनचाहिँ प्राणी होला?

तपाईंको दासले सिंह र भालु दुवै मारेको छ । यो पलिश्ती पनि तिनीहरूमध्ये एउटाझैं हुनेछ, किनभने यसले जीवित परमेश्‍वरको फौजलाई चुनौती दिएको छ ।”

“राजाहरूका राजा अर्तासास्तबाट स्वर्गका परमेश्‍वरको व्यवस्थाका अध्यापक पुजारी एज्रालाई,

परमप्रभु बाढीमाथि राजाको रूपमा विराजमान हुनुहुन्छ । परमप्रभु सदासर्वदा राजाको रूपमा विराजमान हुनुहुन्छ ।

¶ परमप्रभुले राज्‍य गर्नुहुन्छ । जातिहरू थरथर होऊन् । उहाँ करूबहरूमाथि विराजमान हुनुहुन्छ । पृथ्वी थरथराओस् ।

तिनीहरूले मानवजातिलाई परमेश्‍वरको शक्तिशाली कामहरू र उहाँको राज्यको महिमित वैभव प्रकट गर्नेछन् ।

दाऊदको सिंहासनमा र उनको राज्यलाई स्थापित गर्न, अनि त्‍यसलाई न्याय र धार्मिकताले थाम्‍न उहाँले अहिलेदेखि लिएर सदासर्वदा राज्‍य गर्नुहुँदा, उहाँको शासन र शान्ति वृद्धिको अन्त हुनेछैन । सर्वशक्तिमान् परमप्रभुको जोशले यो पुरा गर्नेछ ।

तर परमप्रभु नै साँचो परमेश्‍वर हुनुहुन्छ । उहाँ नै जीवित परमेश्‍वर र अनन्तका राजा हुनुहुन्छ । उहाँको रिसमा पृथ्वी हल्लिन्छ, र जातिहरूले उहाँको रिस सहन सक्दैनन् ।

त्यसैले म एउटा उर्दी जारी गर्छु, कि शद्रक, मेशक, र अबेद्‍नगोका परमेश्‍वरको विरुद्ध बोल्ने कुनै जाति, राष्‍ट्र, वा कुनै भाषा बोल्ने जोसुकैलाई टुक्रा-टुक्रा पारिनेछ, र तिनीहरूका घरहरू भग्‍नावशेषका थुप्रो हुनेछन्, किनभने यसरी बचाउन सक्‍ने अरू कुनै देवता छैन ।”

ती दिनहरूको अन्तमा, म, नबूकदनेसरले आफ्ना आँखा स्वर्गतर्फ उठाएँ, र मेरो होश मलाई फिर्ता दिइयो । “मैले सर्वोच्‍च परमेश्‍वरको प्रशंसा गरें, र सदासर्वदा रहनुहुनेलाई मैले सम्मान र महिमा दिएँ । किनभने उहाँको शासन सदासर्वदा रहन्छ, र उहाँको राज्य सबै पुस्तादेखि सबै पुस्तासम्म रहिरहन्छ ।

राज्‍य गर्नलाई अधिकार र महिमा र राजकीय शक्ति उहाँलाई दिइयो, यसैले कि सबै मानिसहरू, जातिहरू, र भाषा बोल्नेहरूले उहाँको सेवा गरून् । राज्‍य गर्ने उहाँको अधिकारचाहिं सदासर्वदाको अधिकार हो जुन बितेर जानेछैन, अनि उहाँको राज्य त्‍यस्‍तो हो जुन कहिल्यै पनि नाश हुनेछैन ।

तापनि इस्राएलका मानिसहरूको सङ्ख्या समुद्रको किनारको बालुवा जत्तिकै हुनेछ, जसलाई नाप्‍न वा गन्‍न सकिंदैन । त्‍यो त्‍यहीं हुनेछ जहाँ तिनीहरूलाई भनिएको थियो, ‘तिमीहरू मेरा प्रजा होइनौ’, तिनीहरूलाई यसो भनिनेछ, ‘तिमीहरू जीवित परमेश्‍वरका मानिसहरू हौ ।’

र हामीलाई परीक्षामा नडोर्‍याउनुहोस्, तर दुष्‍टबाट छुटकारा दिनुहोस् । किनकि राज्य र पराक्रम र महिमा सदासर्वदा तपाईंकै हुन् । आमेन ।’

तर म तिमीहरूलाई कोसँग डराउने भनी चेताउनी दिन्छु । त्यो व्यक्‍तिसँग डराओ जससित मारेपछि नरकमा फालिदिने अधिकार छ । हो, म तिमीलाई भन्दछु, उहाँसँग डराओ ।

र त्यस्तो हुनेछ, कि जहाँ तिनीहरूलाई भनियो, ‘तिमीहरू मेरा मानिसहरू होइनौ’, त्यहाँ तिनीहरू ‘जीवित परमेश्‍वरका छोराहरू’ भनिनेछन् ।”

परमेश्‍वरले उहाँको प्रतिज्ञाको अपरिवर्तनशील स्वभावको प्रतिज्ञाका हकदारहरूलाई स्पष्‍ट रूपले देखाउन निर्णय गर्नुहुँदा उहाँले शपथद्वारा नै पक्‍का गर्नुभयो ।

हरेक असल वरदान र हरेक सिद्ध वरदान माथिबाटको हो । ज्योतिका पिताबाट त्यो तल आउँछ । उहाँ बद्‌लिरहने छायाजस्तो बद्‌लिनुहुन्‍न ।

ती चारैवटा जीवित प्राणीले भने, “आमेन ।” र एल्डरहरू आफैँ घोप्टो परेर आराधना गरे । [टिपोटः पुरानो संस्करणमा यसरी लेखिएको छ] चौबिस एल्डर आफैँ घोप्टो परेर सदासर्वदा रहिरहनुहुनेलाई आराधना गरे ।