तिमीहरू बसोबास गरेको भूमिलाई यसरी दूषित नपार, किनभने हत्याराबाटको रगतले भूमिलाई दूषित पार्छ । भूमिमा रगत बगाएपछि यसको निम्ति रगत बगाउने व्यक्तिको रगतले बाहेक कुनै किसिमको प्रायश्चित्त गर्न सकिँदैन ।
TSK
TSK · व्यवस्था 21:8
Treasury of Scripture Knowledge references in अनलक शाब्दिक बाइबल.
तिनले निर्दोष रगत बगाए, किनकि तिनले यरूशलेमलाई निर्दोष रगतले भरेका थिए । त्यो कुरा क्षमा गर्न परमप्रभु इच्छुक हुनुभएन ।
तर तपाईंहरूले निश्चय नै जान्नुपर्छ, कि तपाईंहरूले मलाई मार्नुभयो भने, तब तपाईंहरूले निर्दोष रगतको दोष आफैमा, यो सहरमा र यहाँका बासिन्दाहरूमा ल्याउँदै हुनुहुन्छ, र किनकि तपाईंहरूले सुन्ने गरी यी वचन घोषणा गर्न साँच्चै नै परमप्रभुले मलाई तपाईंहरूकहाँ पठाउनुभएको हो ।”
उनीहरू तेरो विरुद्धमा हतियारहरू र रथहरू र गाडाहरू र मानिसहरूका ठुलो भीडलाई साथमा लिएर आउनेछन् । ठुला ढालहरू, साना ढालहरू लिएर र टोप लाएर उनीहरूले तँलाई घेरा हाल्नेछन् । तँलाई दण्ड दिने मौका उनीहरूलाई म दिनेछु, र उनीहरूले आफ्ना कामहरूले तँलाई दण्ड दिनेछन् ।
यसको परिणाम यस्तो हुनेछ, कि पृथ्वीमा बगाइएका सबै धर्मी जनको रगत तिमीहरूमाथि आइपर्नेछ– धर्मी हाबिलको रगतदेखि लिएर बेरेक्याहका छोरा जकरियाको रगतसम्म, जसलाई तिमीहरूले पवित्र-स्थान र वेदीको माझमा हत्या गर्यौ ।