भने म कुशलपूर्वक फेरि मेरा बुबाको घरमा फर्कन्छु, अनि परमप्रभु नै मेरा परमेश्वर हुनुहुनेछ ।
TSK
TSK · प्रस्थान 15:2
Treasury of Scripture Knowledge references in अनलक शाब्दिक बाइबल.
परमेश्वरले मोशालाई यसो पनि भन्नुभयो, “तैँले इस्राएलीहरूलाई यसो भन्नैपर्छ, 'तिमीहरूका पिता-पुर्खाका परमेश्वर अर्थात् अब्राहामका परमेश्वर, इसहाकका परमेश्वर र याकूबका परमेश्वरले मलाई तिमीहरूकहाँ पठाउनुभएको हो । मेरो नाउँ सदासर्वादको लागि यही हो र यही नाउँद्वारा पुस्तौँसम्म मेरो सम्झना गरिनेछ ।'
म तिमीहरूलाई मेरै जाति हुनलाई ग्रहण गर्नेछु, र म तिमीहरूका परमेश्वर हुनेछु । तिमीहरूलाई मिश्रीहरूको दासत्वबाट निकालेर ल्याउने म तिमीहरूका परमप्रभु परमेश्वर हुँ भनी तिमीहरूले जान्नेछौ ।
तब बादलले भेट हुने पाललाई ढाक्यो, अनि परमप्रभुको महिमाले पवित्र वासस्थान भरियो ।
“जा र मेरो दास दाऊदलाई भन्, 'परमप्रभु परमेश्वर यसो भन्नुहुन्छ, 'के तैंले मेरो निम्ति बस्नलाई मन्दिर बनाउने छस्?
परमेश्वर मेरो चट्टान हुनुहुन्छ । म उहाँमा शरण लिन्छु । उहाँ मेरो ढाल, मेरो मुक्तिको सिङ्, मेरो किल्ला र शरणस्थान हुनुहुन्छ, जसले मलाई हिंसाबाट बचाउनुहुन्छ ।
परमेश्वर आफ्नो राजालाई ठुलो विजय दिनुहुन्छ, र उहाँले आफ्नो अभिषिक्त जन, दाऊद र तिनका सन्तानहरूप्रति आफ्नो करारको बफदारीता प्रकट गर्नुहुन्छ ।”
तर के परमेश्वर साँच्चै नै पृथ्वीमा बस्नुहुन्छ र? सारा विश्व र आकाशमा पनि तपाईं अटाउनुहुन्न भने मैले बनाएको यस मन्दिरमा तपाईं कसरी अटाउन सक्नुहुन्छ त!
¶ हे परमप्रभु, मेरो बल, म तपाईंलाई प्रेम गर्छु ।
परमप्रभु जीवित हुनुहुन्छ । मेरो चट्टानको प्रशंसा होस् । मेरो उद्धारका परमेश्वरलाई उच्च पारियोस् ।
गर्भैदेखि मलाई तपाईंमा सुम्पिएको छ । म आफ्नो आमाको गर्भमा हुँदादेखि नै तपाईं मेरा परमेश्वर हुनुहुन्छ
परमप्रभु आफ्ना मानिसहरूका बल हुनुहुन्छ, अनि उहाँ आफ्नो अभीषिक्त जनलाई बचाउने शरणस्थान हुनुहुन्छ ।
मसँगै परमप्रभुको प्रशंसा गर, हामी एकसाथ मिलेर उहाँको नाउँलाई उच्च पारौं ।
उहाँ मात्र मेरो चट्टान र मेरो उद्धार हुनुहुन्छ । उहाँ मेरो अग्लो धरहरा हुनुहुन्छ । म डग्नेछैन ।
परमप्रभु हाम्रा परमेश्वरको स्तुति गर र उहाँको पाउदानमा आराधना गर । उहाँ पवित्र हुनुहुन्छ ।
¶ हे परमेश्वर जसको म प्रशंसा गर्छु, चूपचाप नबस्नुहोस्,
म तपाईंलाई धन्यवाद दिनेछु, किनकि तपाईंले मलाई जवाफ दिनुभयो र तपाईं मेरो उद्धार हुनुभएको छ ।
जबसम्म परमप्रभुको निम्ति एउटा ठाउँ, याकूबको सर्वशक्तिमान्को निम्ति एउटा वासस्थान म पाउँदिन ।”
¶ हे मेरो परमेश्वर, राजा, म तपाईंको प्रशंसा गर्नेछु । तपाईंको नाउँलाई म सदासर्वदा धन्यको भन्नेछु ।
¶ हे परमप्रभु, तपाईं मेरो परमेश्वर हुनुहुन्छ । तपाईंलाई म उच्च पार्नेछु, तपाईंको नाउँको म प्रशंसा गर्नेछु । किनकि धेरै अघि योजना बनाइएका कुराहरू, सुन्दर कुराहरू तपाईंले पुर्ण विश्वस्ततासाथ गर्नुभएको छ ।
अनि उहाँ भन्नुहुन्छ, “याकूबको कुललाई पुनःस्थापित गर्न र इस्राएलका बचेकाहरूलाई पुनर्स्थापन गर्न मेरो सेवक हुनु तेरो निम्ति अति सानो कुरा हो । म तँलाई अरू जातिहरूका निम्ति ज्योति बनाउनेछु, ताकि पृथ्वीको अन्तिम छेउसम्म तँ नै मेरो उद्धार हुन सक्छस् ।”
निश्चय नै डाँडाहरूबाट झूट आउँछ र पर्वतहरूबाट अलमल पार्ने आवाज आउँछ । निश्चय नै परमप्रभु हाम्रा परमेश्वर इस्राएलको उद्धार हुनुहुन्छ ।
त्यसपछि तिनीहरू मेरा मानिसहरू हुनेछन्, र म तिनीहरूका परमेश्वर हुनेछु ।
म ती एक-तिहाइलाई आगोबाट लैजानेछु र तिनीहरूलाई चाँदीलाई झैँ निखार्नेछु । सुनलाई झैँ म तिनीहरूको परिक्षण गर्नेछु । तिनीहरूले मेरो नाउँ पुकार्नेछन्, र म तिनीहरूलाई जवाफ यस्तो दिनेछु, ‘यी मेरा मानिस हुन्!’ र तिनीहरूले भन्नेछन्, ‘परमप्रभु हाम्रा परमेश्वर हुनुहुन्छ!’”
किनभने मेरा आँखाले तपाईंको उद्धारलाई देखेका छन्,
त्यसैले, तिनीहरूले पितालाई आदर गरेझैँ, सबैले पुत्रलाई आदर गर्नेछन् । जसले पुत्रलाई आदर गर्दैन, त्यसले उहाँलाई पठाउनुहुने पितालाई पनि आदर गर्दैन ।
अर्थात् तिनीहरूका पापका लेखा नलिएर परमेश्वरले ख्रीष्टद्वारा संसारलाई आफूसित मिलापमा ल्याउँदै हुनुहुन्छ । उहाँले मिलापको सन्देशको जिम्मा हामीलाई सुम्पनुहुँदै छ ।
र उहाँले यो गर्नुभयो, ताकि परमेश्वर पिताको महिमाका लागि प्रत्येक जिब्रोले येशू ख्रीष्ट नै प्रभु हुनुहुन्छ भनी स्वीकार गरोस् ।
किनकि उहाँमा परमेश्वरको पूर्णता शरीरमा बास गर्दछ ।
तिनीहरूले परमेश्वरका दास मोशा र थुमाको गीत गाइरहेका थिएः “हे सर्वशक्तिमान् परमप्रभु परमेश्वर, तपाईंका कामहरू महान् र आश्चर्यपूर्ण छन् । हे जातिहरूका राजा, तपाईंका मार्गहरू न्यायी र सत्य छन् ।