TSK

TSK · प्रस्थान 22:21

Treasury of Scripture Knowledge references in अनलक शाब्दिक बाइबल.

खण्डमा फर्कनुहोस्

“म परमप्रभु तिमीहरूका परमेश्‍वर हुँ जसले तिमीहरूलाई मिश्र देश अर्थात् दासत्वको घरबाट निकालेर ल्याएँ ।

तिमीहरूका देशमा कुनै परदेशी बस्‍दछ भने, त्यसलाई कुनै हानि नगर्नू ।

उहाँले अनाथ र विधवाहरूको पक्षमा न्याय गर्नुहुन्छ, र परदेशीलाई भोजन र वस्‍त्र दिएर प्रेम देखाउनुहुन्छ ।

तिमीहरू मिश्र देशमा कमारा थियौ र परमप्रभु तिमीहरूका परमेश्‍वरले तिमीहरूलाई छुटकारा दिनुभएको थियो भनी तिमीहरूले याद गर्नू । त्यसकारण आज मैले तिमीहरूलाई यो आज्ञा दिँदै छु ।

परदेशी वा अनाथले पाउने न्याय हरण गर्न दमन नगर । विधवाको ओढ्ने धरौटीको रूपमा नराख ।

परमप्रभुले देशमा विदेशीको सुरक्षा गर्नुहुन्छ । उहाँले अनाथ र विधवालाई माथि उठाउनुहुन्छ । तर उहाँले दुष्‍टहरूको विरोध गर्नुहुन्छ ।

तिमीहरूले देशमा बस्‍ने मानिस, अनाथ वा विधवालाई शोषण गरेनौ र यस ठाउँमा निर्दोषको रगत बगाएनौ र आफैलाई हानि पुर्‍याउन अरू देवताहरूको पछि लागेनौ भने,

विधवा र टुहुरा, परदेशी, र गरिब मानिसमाथिअत्याचार नगर, र कसैले पनि आफ्नो हृदयमा अर्काको विरुद्ध खराबीको योजना नबनाओस् ।’