त्यसपछि अभिषेक गर्ने तेल लिएर जा अनि त्यसको शिरमा खन्याइदिएर त्यसलाई अभिषेक गर् ।
TSK
TSK · प्रस्थान 29:21
Treasury of Scripture Knowledge references in अनलक शाब्दिक बाइबल.
हारून र त्यसका छोराहरूले पुजारी भएर मेरो सेवा गरून् भनेर तैँले तिनीहरूलाई मेरो निम्त अलग गर् ।
मोशाले वेदीमा भएको केही अभिषेक गर्ने तेल र रगत लिए, अनि हारून, तिनका वस्त्र, तिनका छोराहरू र तिनीसँगै तिनका छोराहरूका वस्त्रमा छर्किदिए । यसरी उनले हारून र तिनका वस्त्र, र तिनका छोराहरू र तिनीहरूका वस्त्र सबै परमप्रभुको निम्ति अलग गरे ।
परमप्रभुको अगि शुद्ध गरिनुपर्ने मानिसको निम्ति प्रायश्चित्त गर्नलाई उसले आफ्नो हातमा भएको बाँकी तेल त्यस मानिसको शिरमा लगाइदिने छ ।
परमप्रभुको आत्मा उहाँमाथि रहेनुहुनेछ, बुद्धि र समझको आत्मा, सुझाव र शक्तिको आत्मा, ज्ञान र परमप्रभुको भयको आत्मा ।
तिनीहरूका खातिर म आफैँलाई समर्पण गर्दछु, ताकि तिनीहरू आफैँ पनि सत्यतामा तपाईंमा समर्पण गरिनेछन् ।
परमेश्वरका पुत्रलाई खुट्टाले कुल्चने, परमेश्वरमा समर्पित गरिएको करारको रगतलाई अपवित्र तुल्याउने र अनुग्रहको आत्मालाई अपमान ठान्ने जो कोहीले झन् कति बढी सजाय पाउँछ होला ।