“राजीखुसीबाट प्रेरित भई हरेक व्यक्तिले मेरो लागि भेटी ल्याओस् भनी इस्राएलीहरूलाई भन् । तैँले यी भेटीहरू मेरो लागि ग्रहण गर्नुपर्छ ।
TSK
TSK · प्रस्थान 35:21
Treasury of Scripture Knowledge references in अनलक शाब्दिक बाइबल.
इच्छुक ह्रदय भएका पुरुष र स्त्रीहरू सबै जना आए । तिनीहरूले पीन, कुण्डल, औँठी र सिङ्गारका सरसामानहरूसाथै सबै किसिमका सुनका गरगहनाहरू ल्याए ।
इस्राएलीहरूले परमप्रभुको निम्ति स्वैच्छिक भेटी ल्याए । हरेक स्त्री र पुरुष जस-जसको ह्रदय इच्छुक थियो, तिनीहरूले परमप्रभुले मोशाद्वारा आज्ञा गर्नुभएका सबै सरसामान ल्याए ।
ए राजाहरू, सुन! ए अगुवाहरू ध्यान देओ! म परमप्रभुको निम्ति गाउनेछु । म इस्राएलका परमप्रभु परमेश्वरको प्रशंसा गाउनेछु ।
उठ, उठ दबोरा! उठ, उठ, एउटा गीत गाऊ! ए बाराक, ए अबीनोअमका छोरा, उठ, र आफ्ना कैदीहरूलाई समाऊ ।
तब दाऊद राजा खडा भए र यसो भने, “ए मेरा दाजुभाइ र मेरा मानिसहरू हो, मेरा कुरा सुन्नुहोस् । परमप्रभुको करारका सन्दूकको निम्ति एउटा मन्दिर, हाम्रा परमेश्वरको निम्ति एउटा पाउदान बनाउने मेरो इच्छा थियो, अनि मैले त्यो निर्माण गर्नलाई तयारी पनि गरें ।
अब, मेरा परमेश्वरको मन्दिरमा मेरो आनन्दको कारणले यसको निम्ति आफ्नो निजी भण्डारबाट सुन र चाँदी म दिंदैछु । यस पवित्र मन्दिरको निम्ति मैले तयार गरेका सबै कुराहरूमा अरू थपः
बहुमूल्या रत्नहरू आफूसँग भएकाहरूले ती गेर्शोनका सन्तान यहीएलको जिम्मामा परमप्रभुको मन्दिरका भण्डारको निम्ति दिए ।
तर म को हुँ, र मेरा मानिसहरू को हुन् र हामीले स्वइच्छाले यी कुराहरू दिन सक्छौं? वास्तवमा सबै कुरा तपाईंबाटै आउँछन्, र तपाईंका जे हुन् ती तपाईंलाई हामीले फिर्ता दिएका मात्रै हौं ।
तब परमप्रभुको मन्दिर निर्माण गर्न परमेश्वरले उत्तेजित पार्नुभएका हरेक मानिस, यहूदा र बेन्यामीनका कुलाका प्रमुख अगुवाहरू र पुजारीहरू अनि लेवीहरू उठे ।
हाम्रा पुर्खाहरूका परमप्रभु परमेश्वरको स्तुति होस् जसले यरूशलेममा भएको परमप्रभुको मन्दिरको महिमा गर्न राजाको ह्रदयमा यी सबै कुरा हाल्नुभयो,
तेरो हृदयलाई सुरक्षित राख्, र पुरा मेहनतसाथ यसको रक्षा गर्, किनकि यसबाट नै जीवनका मूलहरू उम्रन्छन् ।
ए सर्पका सन्तानहरू, तिमीहरू दुष्ट छौ त कसरी असल कुरा बोल्न सक्छौ? किनकि हृदयमा जे छ, त्यही मुखबाट निस्कन्छ ।
हरेकले आफ्नो हृदयमा सङ्कल्प गरेअनुसार देओस् । दुःखित भएर र करकापमा परेर कसैले पनि नदेओस् । खुसीसाथ दिनेलाई परमेश्वरले प्रेम गर्नुहुन्छ ।