परमप्रभुले मोशालाई भन्नुभयो, “तँ मिश्रमा फर्केर जाँदा मैले तेरो शक्तिमा राखिदिएका सबै अचम्मका कामहरू तैँले फारोको सामु गरेर देखा । तर म त्यसको ह्रदय कठोर पार्नेछु र त्यसले मानिसहरूलाई जान दिनेछैन ।
TSK
TSK · प्रस्थान 7:13
Treasury of Scripture Knowledge references in अनलक शाब्दिक बाइबल.
तर मिश्रका जादुगरहरूले पनि आफ्नो जादुद्वारा त्यसै गरे । त्यसकारण परमप्रभुले भन्नुभएझैँ फारोको ह्रदय कठोर भयो र तिनले मोशा र हारूनको कुरा सुनेनन् ।
तर शान्त भएको देखेपछि परमप्रभुले भन्नुभएझैँ फारोले आफ्नो ह्रदय कठोर पारे अनि मोशा र हारूनको कुरा सुनेनन् ।
फारोले अनुसन्धान गर्दा इस्राएलीहरूका एउटै पनि पशु नमेरोको पाए । तर तिनको ह्रदय हठी भयो, त्यसैले तिनले मानिसहरूलाई जान दिएनन् ।
¶ परमप्रभुले मोशालाई भन्नुभयो, “फारोकहाँ जा किनकि मैले त्यसको र त्यसका अधिकारीहरूका ह्रदय कठोर बनाइदिएको छु । तिनीहरूका बिचमा मेरो शक्तिका यी चिन्हहरू देखाउनलाई मैले यसो गरेको हुँ ।
तर परमप्रभुले फारोको ह्रदय कठोर पारिदिनुभयो र तिनले तिनीहरूलाई जान दिएनन् ।
तर हेश्बोनका राजा सीहोनले हाम्रो कुरा सुनेनन् र हामीलाई तिनको बाटो भएर जान दिएनन् । किनकि परमप्रभु तिमीहरूका परमेश्वरले तिनको मन कठोर बनाइदिनुभएको थियो र तिनको हृदय हठी बनाइदिनुभएको थियो ताकि तिमीहरूको शक्तिद्वारा उहाँले तिनलाई पराजित गर्नुभएको होस् जस्तो उहाँले आजको दिनसम्म गर्नुभएको छ ।
परमेश्वरको नाउँमा तिनलाई शपथ खुवाउने राजा नबूकदनेसरसँग पनि तिनले बिद्रोह गरे । तर सिदकियाहले परमप्रभु इस्राएलका परमेश्वरतिर फर्किआउने कुराको विरुद्ध तिनी हठी भए र आफ्नो हृदय कठोर पारे ।
व्यवस्था वा सेनाहरूका परमप्रभुको वचन नसुन्नको निम्ति तिनीहरूले आफ्ना हृदयलाई चट्टानझैँ कडा बनाए । पहिलेका समयमा, उहाँले यी सन्देशहरू आफ्ना मानिसहरूकहाँ आफ्नो आत्माद्वारा, अगमवक्ताहरूका ओठद्वारा पठाउनुभयो । तर ती मानिसहरूले सुन्न इन्कार गरे, यसैकारण सेनाहरूका परमप्रभु तिनीहरूसँग धेरै रिसाउनुभयो ।
तर तिमीहरूको कठोर र अपश्चात्तापी हृदयको कारण तिमीहरूले क्रोधको दिन अर्थात् परमेश्वरको धार्मिक न्याय प्रकट हुने दिनको निम्ति क्रोध थुपारिरहेका छौ ।
बरु, जबसम्म “आजको दिन” भन्ने कुरा छ, दिनहुँ एकले अर्कोलाई उत्साह देओ । त्यसकारण, तिमीहरूमध्ये कसैले पनि छलकपटको पापद्वारा हृदय कठोर नपारोस् ।