TSK

TSK · प्रस्थान 9:21

Treasury of Scripture Knowledge references in अनलक शाब्दिक बाइबल.

खण्डमा फर्कनुहोस्

तिनको मृत्यु हुने बेलामा तिनलाई सेवा दिने स्‍त्रीले भनिन् “नडराऊ, किनकि तिमीले एउटा छोरा जन्माएकी छ्यौ ।” तर तिनले जवाफ दिइनन् न त तिनीहरूले भनेका कुरालाई नै मनमा राखिन् ।

मानिस के हो र तपाईंले उसको ख्याल राख्‍नुपर्ने, तपाईंले आफ्नो मनलाई उसमा लगाउनुपर्ने,

विवेकी मानिसले सङ्कष्‍ट देखेर आफैलाई लुकाउँछ, तर निर्बुद्धि अगाडि बढ्छ र त्यसैको कारण दुःख भोग्छ ।

ती मानिसले मलाई भने, “ए मानिसको छोरो, आफ्नो आँखाले हेर् र आफ्नो कानले सुन्, र मैले तँलाई प्रकट गर्न लागेका सबै कुरालाई आफ्‍नो मन लगा, किनकि तँलाई यहाँ ल्‍याइयो ताकि तँलाई म यी कुरा प्रकट गर्न सकूँ। तैंले देख्‍ने हरेक कुरा इस्राएलको घरानालाई बताइदे ।”