TSK

TSK · उत्पत्ति 18:21

Treasury of Scripture Knowledge references in अनलक शाब्दिक बाइबल.

खण्डमा फर्कनुहोस्

यसैले परमप्रभु परमेश्‍वर आदमका सन्तानहरूले निर्माण गरेका त्यो सहर र धरहरा हेर्न तल आउनुभयो ।

तिनीहरूलाई मिश्रीहरूको शक्तिबाट छुटकारा दिलाई असल, विशाल अनि दूध र मह बग्‍ने देशमा लैजान म ओर्लिआएको छु । त्यो कनानी, हित्ती, एमोरी, परिज्‍जी, हिव्वी र यबूसीहरूको देश हो ।

तिमीहरूलाई विनम्र पार्न र तिमीहरूले उहाँका आज्ञाहरू मान्छौ कि मान्दैनौ भनेर तिमीहरूका ह्रदयमा भएको कुरा जाँच गर्न परमप्रभु तिमीहरूका परमेश्‍वरले यी चालिस वर्षसम्म तिनीहरूलाई उजाड-स्थानमा डोर्‍याउनुभएका उहाँका सबै मार्गलाई सम्झनू ।

“हे सर्वशक्‍तिमान्, परमप्रभु परमेश्‍वर सर्वशक्‍तिमान्, हे परमप्रभु परमेश्‍वर! उहाँ जान्‍नुहुन्छ, इस्राएलले जानोस्! यदि यो विद्रोह वा विश्‍वास तोड्नलाई परमप्रभुको विरुद्धमा थियो भने,

तपाईंले हाम्रा अधर्महरू आफ्‍नो सामु, हाम्रा लुकेका पापहरू आफ्‍नो उपस्थितिमा राख्‍नुभएको छ ।

¶ “यहूदाको पाप हिराको निब भएको फलामको कलमले लेखिएको छ । त्‍यसलाई तिनीहरूका हृदयका पाटी र तिनका वेदीहरूका सिङहरूमा कुँदिएको छ ।

“उठ्‍ र त्यो ठुलो सहर निनवेमा जा, र त्यसको विरुद्धमा बोल्, किनभने मेरो सामु तिनीहरूको दुष्‍टता अति धेरै भएको छ ।”

त्यस बेला म बत्तीहरू बालेर यरूशलेमको खोजी गर्नेछु र त्यसको मद्यमा प्रसन्‍न भएका र आफ्नो हृदयमा ‘परमप्रभुले असल वा खराब केही पनि गर्नुहुनेछैन’ भनेर भन्‍ने मानिसहरूलाई सजाय दिनेछु ।

किनकि म स्वर्गबाट आएको छु, मेरो आफ्नो इच्छा पुरा गर्नलाई होइन, तर मलाई पठाउनुहुनेको इच्छा पुरा गर्नलाई हो ।

प्रभु आफै स्वर्गबाट ठुलो प्रशंसा, प्रधान स्वर्गदूतको आवाज र तुरहीको गर्जनसहित आउनुहुनेछ र ख्रीष्‍टमा मरेकाहरू पहिले बिउँतनेछन् ।