अब्रामले सदोमका राजालाई भने, “मैले सर्वोच्च परमेश्वर, स्वर्ग र पृथ्वीका सृष्टिकर्ता परमप्रभुमा शपथ खाएको छु,
TSK
TSK · उत्पत्ति 21:23
Treasury of Scripture Knowledge references in अनलक शाब्दिक बाइबल.
अनि तैँले अहिले म बसेको ठाउँका कनानीका छोरीहरूमध्ये कसैलाई पनि मेरो छोरोकी पत्नीको रूपमा ल्याइदिने छैनस् भनी म तँलाई स्वर्ग र पृथ्वीका परमप्रभु परमेश्वरको यो शपथ खान लाउँछु ।
त्यसैले अब तिमी र मेरो बिचमा एउटा करार बाँधौँ अनि यही करार तिमी र मेरो बिचको गवाही होस् ।”
परमप्रभु उनीसँग हुनुहुन्छ र उनले गर्ने सबै काममा उनलाई समृद्धि मिल्छ भन्ने कुरा उनको मालिकले देखे ।
बिन्ती छ, मैले जसरी तपाईंहरूलाई दया गरेको छु त्यसरी नै तपाईंहरूले पनि मेरो पिताको घरानालाई दयापूर्वक व्यवहार गर्नुहुने छ भनी परमप्रभुको नाउँमा शपथ खानुहोस् । मलाई एउटा चिन्ह दिनुहोस्,
जोनाथानले दाऊदप्रतिको तिनको प्रेमले गर्दा फेरि तिनले शपथ खाए, किनभने तिनलाई आफ्नो प्राणलाई झैं उनले प्रेम गरे ।
तिमीले मपछिका मेरा सन्तानहरूलाई खत्तम पार्नेछैनौ र मेरो पिताको घरानाबाट मेरो नाउँ नाश पार्नेछैनौ भनी मसँग परमप्रभुको नाउँमा शपथ खाऊ ।
दाऊदले उसलाई भने, “के तिमीले मलाई यो लूटपाट गर्ने समूहकहाँ लैजान सक्छौ?” त्यो मिश्रीले भने, “तपाईंले मलाई मार्नुहुन्न वा मलाई मेरो मालिकको हातमा सुम्पनुहुन्न भनी परमेश्वरको नाउँमा शपथ खानुहोस् र म तपाईंलाई यो लूटपाट गर्ने समूहकहाँ लानेछु ।”
बरु, मैले परमेश्वरलाई मेरो गवाहीको लागि पुकारेँ । त्यसैले, तिमीहरूलाई बचाउन सकूँ भनेर म कोरिन्थमा आइनँ ।