म निश्चय नै तँलाई आशिष् दिनेछु र म तेरा सन्तानको वृद्धि गरेर आकाशका तारा र समुद्र किनारका बालुवासरह तुल्याउनेछु । तेरा सन्तानले आफ्ना शत्रुहरूका ढोकाहरू पार गर्नेछन् ।
TSK
TSK · उत्पत्ति 32:12
Treasury of Scripture Knowledge references in अनलक शाब्दिक बाइबल.
याकूबकहाँ फर्की सन्देशवाहकहरूले यसो भने, “हामी तपाईंका दाजु एसावकहाँ गयौँ । उहाँ चार सय जना मानिससहित तपाईंलाई भेट्न आउँदै हुनुहुन्छ ।”
तपाईंका दासहरू अब्राहाम, इसहाक र इस्राएललाई सम्झनुहोस् जसलाई तपाईंले आफ्नै खातिर यसो भनेर शपथ खानुभएको थियो, 'म तिमीहरूका सन्तानहरूलाई आकाशको ताराजत्तिकै बढाउनेछु र मैले तिमीहरूका सन्तानहरूलाई दिने भनेका यी सबै देश दिनेछु । तिनीहरूले सदाको लागि यसको अधिकार गर्नेछन्' ।”
साथै इस्राएलका शक्तिले न ढाट्नु हुन्छ न त आफ्नो मन बदल्नु नै हुन्छ । किनभने आफ्नो मन बद्लने उहाँ मानिस हुनुहुन्न।
हामी उहाँमा विश्वासयोग्य भएनौँ भने, उहाँ विश्वासयोग्य हुनुहुन्छ, किनकि उहाँले आफैलाई इन्कार गर्नुहुन्न ।
परमेश्वरले उहाँको प्रतिज्ञाको अपरिवर्तनशील स्वभावको प्रतिज्ञाका हकदारहरूलाई स्पष्ट रूपले देखाउन निर्णय गर्नुहुँदा उहाँले शपथद्वारा नै पक्का गर्नुभयो ।