TSK

TSK · उत्पत्ति 4:2

Treasury of Scripture Knowledge references in अनलक शाब्दिक बाइबल.

खण्डमा फर्कनुहोस्

आदमले तिनको पत्‍नीसँग फेरि सहवास गरे र तिनले अर्को छोरा जन्माइन् । तिनले त्यसको नाउँ शेत राखिन् र भनिन्, “कयिनले मारेका हाबिलको सट्टामा परमेश्‍वरले मलाई अर्को छोरा दिनुभएको छ ।”

याकूबले लाबानलाई भने, “मैले तपाईंको कस्तो सेवा गरेको छु र तपाईंका गाईबस्तु कसरी सप्रेका छन् भनी तपाईं जान्‍नुहुन्छ ।

उनीहरू सबै गाईबस्‍तु पाल्‍ने भएकाले गोठाला हुन्‌ । उनीहरूले आफ्‍ना सबै बगाल, बथान, र उनीहरूसँग भएका सबै थोक लिएर आएका छन्‌ ।’

¶ अब मोशा अझै पनि आफ्ना ससुरा मिद्यानका पूजाहारी यित्रोका भेडा-बाख्रा चराउँदै थिए । तिनले भेडा-बाख्रालाई उजाड-स्थानको परसम्म लगी परमेश्‍वरको पर्वत होरेबसम्म लगे ।

हेर, छोराछोरी परमप्रभुबाट प्राप्‍त उत्तराधिकार हुन् र गर्भको फल उहाँको इनाम हो ।

म तिमीहरूलाई भन्दछु, कि हाबिलको रगतदेखि वेदी र पवित्र स्थानमा मारिएका जकरियाको रगतसम्मको दोष लागि यो पुस्ता जिम्मेवार छ ।

यसैमा परमेश्‍वरका सन्तानहरू र शैतानका सन्तानहरू प्रकट गरिन्छन् । जसले धार्मिकता गर्दैन त्यो परमेश्‍वरको होइन, न आफ्नो भाइलाई प्रेम नगर्ने नै हो ।

जसले आफ्नो भाइलाई घृणा गर्छ त्यो हत्यारा हो । अनि तिमीहरू जान्दछौ, कि कुनै पनि हत्यारासँग अनन्त जीवन हुँदैन ।