तिनले दोस्रो छोरोको नाउँ एफ्राइम राखे किनकि तिनले भने, “परमेश्वरले मेरो कष्टलको देशमा मेरो फलिफाप गराउनुभएको छ ।”
TSK
TSK · उत्पत्ति 49:22
Treasury of Scripture Knowledge references in अनलक शाब्दिक बाइबल.
¶ यी कुराहरू भएको केही समयपछि “हेर्नुहोस्, हजुरका पिता बिरामी हुनुहुन्छ” भनेर कसैले योसेफलाई खबर दियो । यसकारण तिनले आफ्ना दुई छोरा मनश्शे र एफ्राइमलाई आफ्नो साथमा ल्याए ।
इस्राएलले योसेफलाई आशीर्वाद दिएर भने, “जुन परमेश्वरको सामुन्ने मेरा पिता अब्राहाम र इसहाक हिँडे, जुन परमेश्वरले मेरो जीवनभरि आजसम्म मेरो वास्ता गर्नुभएको छ,
तर तिनका बुबाले अस्वीकार गरी भने, “मलाई थाहा छ, मेरो छोरो, मलाई थाहा छ । यसको पनि एउटा वंश हुनेछ, र यो पनि महान् हुनेछ । तापनि यसको भाइचाहिँ योभन्दा महान् हुनेछ, र त्यसका सन्तान जाति-जातिहरूको एक समूह हुनेछ ।”
योसेफको विषयमा मोशाले भनेः माथि आकाशबाट झर्ने अनमोल शीत र तल गहिराइको पानीले तिनको देश परमप्रभुद्वारा आशिषित् होस् ।
त्यसपछि योसेफका सन्तानहरूले यहोशूलाई यसो भने, “तपाईंले हामीलाई किन जमिन एक भाग र उत्तराधिकारको निम्ति एक अंश मात्र दिनुभएको, किनभने हामी धेरै सङ्ख्यामा भएका मानिसहरू हौँ र परमप्रभुले हामीलाई पर्याप्त आशिष् दिनुभएको छ?”
¶ परमप्रभुको आदर गर्ने हरेक व्यक्ति धन्यको हो जो उहाँका मार्गहरूमा हिंड्छ ।
त्यसका हाँगाहरू बलिया थिए, जसलाई शासकको राजदण्डको लागि प्रयोग गरिए, र त्यसको आकार हाँगाहरूभन्दा माथि उठ्यो, र त्यसको उचाइचाहिं त्यसका पातहरूमा देखिन्थ्यो ।