तर तँसँग म मेरो करार स्थापित गर्नेछु । तँ, तेरा छोराहरू, तेरी पत्नी र तेरा छोराहरूका पत्नीहरू जहाजभित्र आउनेछौ ।
TSK
TSK · उत्पत्ति 7:1
Treasury of Scripture Knowledge references in अनलक शाब्दिक बाइबल.
त्यही दिनमा नोआ, तिनका छोराहरू शेम, हाम र येपेत अनि तिनकी पत्नी र तिनका तिन जना बुहारी जहाजभित्र प्रवेश गरे ।
हेर, परमप्रभुको आँखा उहाँको भय मान्नेहरूमाथि र उहाँको करारको विश्वस्ततामा आसा गर्नेहरूमाथि रहन्छ ।
परमेश्वरका उपहारहरू धर्मी व्यक्तिको शिरमा पर्छन्, तर दुष्टहरूको मुख हिंसाले ढाकिएको हुन्छ ।
क्रोधको दिनमा धन-सम्पत्ति बेकामको हुन्छ, तर ठिक गर्नाले मृत्युबाट जोगाउँछ ।
परमप्रभुको नाम एउटा बलियो धरहरा हो । धर्मात्मा त्यहाँ दौडेर जान्छ र सुरक्षित हुन्छ ।
ए मेरा मानिसहरू हो, जाओ, आफ्नो कोठाभित्र पस र पछि फर्केर आफ्ना ढोकाहरू बन्द गर । क्रोध बितेर नगएसम्म, केही बेर लुक ।
तब नोआ, दानिएल र अय्यूब, यी तिन जना मानिसहरू त्यहाँ भए भने पनि तिनीहरूले आफ्नो धार्मिकताद्वारा आफ्नै प्राण मात्र बचाउन सक्छन् । यो परमप्रभु परमेश्वरको घोषणा हो ।
मानिसका पुत्रको आगमन पनि नोआका दिनमा जस्तै हुनेछ ।
यो प्रतिज्ञा तिमीहरूका लागि, तिमीहरूका सन्तानहरूका लागि र टाढा-टाढा भएका सबैका लागि, र परमेश्वरले बोलाउनुहुने सबै मानिसहरूका लागि हो ।”
विश्वासद्वारा नै नोआलाई अहिलेसम्म नदेखेका कुराहरूका बारेमा ईश्वरीय सन्देश दिइएको थियो । तिनले भक्तिमय सम्मानसाथ एउटा पानी जहाज बनाए र आफ्नो घरानालाई बचाए । यसो गरेर तिनले संसारलाई दोषी ठहराए र विश्वासअनुसार तिनी धार्मिकताका उत्तराधिकारी भए ।
अनि उहाँले प्राचीन संसारलाई पनि बाँकी राख्नुभएन । बरु, धार्मिकताका दूत नोआ र अरू सात जनालाई बचाउनुभयो र जल प्रलयद्वारा अधर्मी संसारको विनाश गर्नुभयो ।