¶ अब यर्दन पारि गई तिमीहरूले अधिकार गर्न लागेको देशमा तिमीहरूले पालन गरून् भनी परमप्रभु तिमीहरूका परमेश्वरले तिमीहरूलाई सिकाउन भनी मलाई दिनुभएका आदेश र विधिविधानहरू यिनै हुन् ।
TSK
TSK · यशैया 2:3
Treasury of Scripture Knowledge references in अनलक शाब्दिक बाइबल.
यहूदीहरूले नयाँ चलन र कर्तव्यलाई स्वीकार गरे । यो चलन तिनीहरू, तिनीहरूका सन्तानहरू र तिनीहरूसँग मिल्ने हरेकको लागि थियो । हरेक वर्ष तिनीहरूले यी दुई दिनको उत्सव मनाउनुपर्ने भयो । हरेक वर्ष उही समयमा तिनीहरूले विशेष तवरले यो चाड मान्नुपर्ने भयो ।
उहाँले मेरो जीवनको बिचमा मेरो बल हटाउनुभएको छ । उहाँले मेरो आयुलाई घटाउनुभएको छ ।
म तिमीहरूका न्यायकर्ताहरूलाई पहिलेको झैं र तिमीहरूका सल्लाहकारहरूलाई सुरुको झैं पुनर्स्थापना गर्ने छु । त्यसपछि तिमीहरू धार्मिकताको सहर र विश्वासयोग्य नगर भनिनेछौ ।”
त्यस दिनमा मिश्रदेशदेखि अश्शूरसम्म जाने एउटा मुल बाटो हुनेछ, अनि अश्शूरीहरू मिश्रदेशमा आउनेछन् र मिश्रीहरू अश्शूरमा जानेछन् । अनि मिश्रीहरूले अश्शूरीहरूसँगै आराधना गर्नेछन् ।
“ए मेरा मानिसहरू, मेरो कुरामा ध्यान देओ । अनि ए मेरा मानिसहरू, मेरा कुरा सुन । किनकि म एउटा आदेश जारी गर्नेछु र म आफ्नो न्यायलाई जातिहरूका निम्ति ज्योति बनाउनेछु ।
किनकि एक दिन आउनेछ, जुन बेला एफ्राइमका पहाडहरूका पहरेदारहरूले घोषणा गर्नेछन्, 'उठ, हामी परमप्रभु हाम्रा परमेश्वरकहाँ सियोनमा जाऔं' ।”
सेनाहरूका परमप्रभु यस्तो भन्नुहुन्छ: विभिन्न सहरहरूमा बस्ने सबै मानिसहरू फेरि आउनेछन् ।
त्यसकारण, हरेक जसले मेरा वचन सुन्छ र ती पालन गर्छ, त्यो बुद्धिमान् मानिसजस्तै हुनेछ जसले आफ्नो घर चट्टानमाथि बनायो ।
र उहाँको नाउँमा यरूशलेमबाट सुरु गरेर सबै जातिहरूलाई पश्चात्ताप र पाप क्षमाको बारेमा प्रचार गर्नुपर्छ ।
तर जब पवित्र आत्मा तिमीहरूमाथि आउनुहुन्छ, तिमीहरूले शक्ति प्राप्त गर्नेछौ, अनि तिमीहरू यरूशलेममा र सारा यहूदियामा र सामरिया र पृथ्वीको अन्तिम छेउसम्मै मेरा साक्षीहरू हुनेछौ ।”
तर पावल र बारनाबासले साहससित बोल्दै भने, “परमेश्वरको वचन पहिले तपाईंहरूकहाँ नै बोल्नु नै आवश्यक थियो । तपाईंहरूबाट धकेलिएको देखेर आफूले आफैँलाई अनन्त जीवन प्राप्त गर्नदेखि अयोग्य तुल्याउनुभएको हुनाले, हेर्नुहोस्, हामी गैरयहूदी तर्फ फर्केनेछौँ ।
तर सुनेर बिर्सने व्यक्ति मात्र नभई स्वतन्त्रताको सिद्ध व्यवस्थालाई होसियारीपूर्वक ध्यान दिने र निरन्तर त्यस्तै गरिरहने व्यक्तिचाहिँ उसले गर्ने कामहरूमा आशिषित हुनेछ ।