उत्पत्ति 25:13
TSK
जन्म क्रमको सूचीअनुसार इश्माएलका छोराहरूका नाउँ यी नै थिएः इश्माएलको जेठो छोरो नबायोत, केदार, अदबेल,
TSK
Treasury of Scripture Knowledge references in अनलक शाब्दिक बाइबल.
जन्म क्रमको सूचीअनुसार इश्माएलका छोराहरूका नाउँ यी नै थिएः इश्माएलको जेठो छोरो नबायोत, केदार, अदबेल,
¶ के मानिसले पृथ्वीमा कठिन परिश्रम गर्दैन र? के उसका दिन ज्यालादारी मानिसका दिनजस्तै हुँदैनन् र?
हे यरूशलेमका छोरीहरू हो, म काली छु, तर मायालु छु । म केदारका पालहरूजस्तै काली र सोलोमनका पर्दाहरूजस्तै मायालु छु ।
मरुभूमि र सहरहरूले सोर निकालून्, केदार बसेका गाउँहरू आनन्दले कराऊन्! सेला काबासिन्दाहरूले गाऊन्, पर्वतका चुचुराबाट तिनीहरू कराऊन् ।
केदार र हासोरका राज्यहरूको विषयमा परमप्रभु नबूकदनेसरलाई यसो भन्नुहुन्छ (यति बेला बेबिलोनका राजा नबूकदनेसरले यी ठाउँहरूलाई आक्रमण गर्न लागेका थिए): “उठ्, र केदारलाई आक्रमण गर्, अनि पूर्वका ती मानिसहरूलाई नष्ट पार् ।