परमप्रभुले तिमीहरूलाई फेरि जहाजहरूद्वारा तिमीहरू जुन बाटो भएर आएका थियौ त्यही बाटो भएर तिमीहरूलाई मिश्र देशमा फर्काएर लैजानुहुने छ जुन बाटोको बारेमा उहाँले भन्नुभएको थियो, 'तिमीहरूले फेरि मिश्र देख्ने छैनौ ।' त्यहाँ तिमीहरूले आफैलाई कमारा-कमारीको रूपमा आफ्ना शत्रुहरूको हातमा बेच्ने छौ, तर कसैले तिमीहरूलाई किन्ने छैन ।
TSK
TSK · यशैया 30:2
Treasury of Scripture Knowledge references in अनलक शाब्दिक बाइबल.
त्यस काँढाको झाडीले रूखहरूलाई भन्यो, ‘तिमीहरू साँच्चै नै मलाई तिमीहरूमाथि राजा अभिषेक गर्न चाहन्छौ भने, आओ र मेरो छहारीमुनि सुरक्षित भएर बस । होइन भने, काँढाको झाडीबाट आगो बाहिर निस्कोस् र लेबनानका देवदारुहरूलाई त्यसले भस्म पारोस् ।’
त्यसपछि आफ्नो विरुद्धमा होशियाले षड्यन्त्र गरेका कुराको जानकरी अश्शूरका राजाले थाहा पाए, किनकि होशियाले मिश्रका राजा सोकहाँ सन्देशवाहकहरू पठाएका थिए । साथै, तिनले अश्शूरका राजालाई वर्षैपिच्छे तिर्दै आएको कर पनि तिरेनन् । त्यसैले अश्शूरका राजाले तिनलाई बन्दी बनाए र झ्यालखानामा थुनेर राखे ।
“निर्देशन दओ, न्याय गर । मध्य दिनमा पनि रातको जस्तै केही सितलता प्रदान गर । भगौडाहरूलाई लुकाओ । भगौडाहरूलाई धोका नदेओ ।
तिनीहरूका आशा कूश र तिनीहरूका गौरव मिश्रदेशको कारणले तिनीहरू व्याकुल र लज्जित हुनेछन् ।
हेर, तिमीले मिश्रदेशमा भर पर्दैछौ, जुन फुटेको नर्कट हो, जसलाई तिमीले यसलाई हिंड्ने लट्ठीको रूपमा प्रयोग गर्छौ, तर एक जना मानिस यसमा ढल्किन्छ भने, त्यसको हातमा त्यसले घोच्नेछ र त्यसलाई छेड्नेछ । मिश्रदेशका राजा फारोमा भरोसा गर्नेहरूका निम्ति त्यो त्यस्तै नै हुनेछ ।
त्यसैले अब, शिहोर नदीको पानी पिउन किन मिश्रदेशमा पुर्याउने बाटो भएर जान्छौ? यूफ्रेटिस नदीको पानी पिउन किन अश्शूरमा पुर्याउने बाटो भएर जान्छौ?
फारोको सेना मिश्रदेशबाट आयो, र यरूशलेमलाई घेराबन्दी गर्ने कल्दीहरूले तिनीहरूका बारेमा खबर सुने र यरूशलेम छाडे ।
तिमीहरूले यसो भन्छौ, 'हामी मिश्रदेशमा जानेछौं, जहाँ हामीले फेरि युद्ध देख्नेछैनौं, जहाँ हामीले तुरहीको आवाज सुन्नेछैनौं, र हामी खानाको लागि भोकाउनेछैनौं । हामी त्यहाँ बस्नेछौं' ।”
तिनीहरू मिश्र देशमा, तहपेनसमा गए किनभने तिनीहरूले परमप्रभुको आज्ञा मानेनन् ।
तब मिश्रदेशमा बस्नेहरू सबैले म नै परमप्रभु हुँ भनी जान्नेछन् । किनकि तिनीहरू इस्राएलका घरानाको निम्ति एउटा नर्कटको लट्ठी भएका छन् ।
किनकि वन-गधा एक्लै गएझैं, तिनीहरू अश्शूरसम्म गए । एफ्राइमले आफ्नै निम्ति प्रेमीहरू नियुक्त गरेको छ ।