TSK

TSK · यशैया 49:23

Treasury of Scripture Knowledge references in अनलक शाब्दिक बाइबल.

खण्डमा फर्कनुहोस्

म तिमीहरूलाई मेरै जाति हुनलाई ग्रहण गर्नेछु, र म तिमीहरूका परमेश्‍वर हुनेछु । तिमीहरूलाई मिश्रीहरूको दासत्वबाट निकालेर ल्याउने म तिमीहरूका परमप्रभु परमेश्‍वर हुँ भनी तिमीहरूले जान्‍नेछौ ।

“फारसका राजा कोरेस भन्‍नुहुन्छ, 'परमप्रभु स्वर्गका परमेश्‍वरले मलाई सारा पृथ्वीका राज्यहरू दिनुभयो, र उहाँले यहूदियाको यरूशलेममा एउटा मन्दिर निर्माण गर्नलाई मलाई नियुक्त गर्नुभयो ।

राजा अर्तासास्तले इस्राएलका लागि परमप्रभुका विधिहरू र आज्ञाहरू सिकाउन पुजारी र अध्यापक एज्रालाई दिएको आदेशको प्रतिलिपी यही हो,

¶ त्यस दिन राजा अहासूरसले रानी एस्तरलाई यहूदीहरूका शत्रु हामानको सम्पत्ति दिए, र मोर्दकैले राजाको सामु सेवा गर्न थाले किनकि कसरी मोर्दकै उनीसित सम्बन्धित थिए भनी एस्तरले राजालाई बताएकी थिइन् ।

तपाईंमा आसा राख्‍ने कोही पनि अपमानित नहोस् । विनाकारण छली रूपले काम गर्नेहरू लज्‍जित होऊन्!

मिश्रदेशबाट शासकहरू बाहिर आउनेछन् । कूशले आफ्नै हातहरूले परमेश्‍वरको नजिक जान हतार गर्नेछ ।

उजाडस्‍थानमा बस्‍नेहरू उनको सामु घोप्‍टो परेर दण्डवत गरून् । उनका शत्रुहरूले धूलो चाटून् ।

हे परमप्रभु, पृथ्वीका सबै राजाले तपाईंलाई धन्यवाद दिनेछन्, किनकि तिनीहरूले तपाईंको मुखको वचनहरू सुन्‍नेछन् ।

परमप्रभु यसो भन्‍नुहुन्छ, “मिश्रदेशको कमाइ र शेबाका अग्‍ला कदका मानिसहरूसँग कूशको व्यापार तँकहाँ ल्याइनेछ । ती तेरै हुनेछन् । साङ्लामा तिनीहरू तेरो पछि-पछि आउनेछन् । तिनीहरू तेरो सामु घोप्टो पर्नेछन् र यसो भन्‍दै तँसँग बिन्ति गर्नेछन्, 'निश्‍चय पनि परमेश्‍वर तपाईंसँग हुनुहुन्छ र उहाँबाहेक अरू कोही छैन' ।”

किनकि परमप्रभु परमेश्‍वरले मलाई सहायता गर्नुहुनेछ । यसकारण म अपमानित भएको छैन । त्यसैले मैले आफ्‍नो मुहार चक्मक ढुङ्गाझैं बनाएको छु, किनकि म लाजमा पर्दिनँ भनी म जान्दछु ।

जातिहरू तेरो प्रकाशमा आउनेछन् र राजाहरू उदाउँदै गरेको तेरो चहकिलो प्रकाशमा आउनेछन् ।

तेरा ढोकाहरू पनि निरन्‍तर रूपमा खुला रहनेछ । ती दिन वा रात कहिल्यै बन्द गरिनेछैन, ताकि जातिहरूका सम्पत्ति तिनीहरूका राजाहरूलाई अगि राखेर ल्याउन सकियोस् ।

तैंले जातिहरूको दूध पनि पिउनेछस् र राजहरूका दूध कानेछस् । म, परमप्रभु नै तेरो उद्धारक र मुक्‍तिदाता, याकूबको शक्तिशाली हुँ भन्‍ने तैंले जान्‍नेछस् ।

प्रचीन समयदेखि नै कसैले पनि सुनेको वा देखेको छैनन्, न त आँखाले तपाईंबाहेक अरू कुनै परमेश्‍वरलाई देखेको छन्, जसले आफ्‍नो आशा गर्नेहरूका निम्ति कामहरू गर्नुहुन्‍छ ।

तिनीहरूले सर्पले झैँ धुलो चाट्नेछन्, माटोमा घस्रने प्राणीझैँ तिनीहरूले गर्नेछन् । तिनीहरू आफ्ना गुफाहरूबाट डरसाथ निस्कनेछन् । परमप्रभु, हाम्रा परमेश्‍वर, तपाईंकहाँ तिनीहरू डरसाथ आउनेछन्, र तिनीहरू तपाईंको कारण भयभीत हुनेछन् ।

यो भरोसाले निराश पार्दैन, किनभने हामीलाई दिइएको पवित्र आत्‍माद्वारा परमेश्‍वरको प्रेम हाम्रो हृदयमा खन्‍याइएको छ ।

किनकि धर्मशास्‍त्रले भन्छ, “हरेक जसले उहाँमा विश्‍वास गर्छ, त्यो शर्ममा पारिनेछैन ।”

हेर, जसले आफैँलाई यहूदीहरू हुँ भनी भन्छन् तर तिनीहरू होइनन्, तिनीहरू शैतानको सभाघरकाहरू हुन्, बरु तिनीहरूले झुट बोलिरहेका छन् । म तिनीहरूलाई तिम्रो पाउको अगि आई निहुरेर दण्डवत् गर्न लगाउनेछु, अनि मैले तिमीलाई प्रेम गरेको कुरा तिनीहरूले जान्‍नेछन् ।