TSK

TSK · यशैया 65:21

Treasury of Scripture Knowledge references in अनलक शाब्दिक बाइबल.

खण्डमा फर्कनुहोस्

म तिमीहरूका बिचमा आतङ्क फैलाउने छु, आँखालाई नष्‍ट गर्ने र प्राणलाई शिथिल गराउने रोगहरू र ज्वरोहरू पठाउने छु । तिमीहरूले छरेका बिउ व्यर्थ हुने छन्, किनभने तिमीहरूका शत्रुहरूले त्यसको उब्जनी खाने छन् ।

¶ परमप्रभुको दृष्‍टिमा जे खराब थियो इस्राएलीहरूले त्यही गरे, र उहाँले तिनीहरूलाई सात वर्षसम्‍म मिद्यानीका हातमा सुम्पिदिनुभयो ।

तेरो निम्ति चिन्ह यो हुनेछ, “यो वर्ष तैंले आफै उम्रेका कुरा खानेछस्, र दोस्रो वर्षमा त्यसबाट उम्रेका कुरा खानेछस् । तर तेस्रो वर्ष तैंले रोप्‍नुपर्छ र कटनी गर्नुपर्छ, दाखबारी रोप्‍नुपर्छ र तिनका फल खानुपर्छ ।

ए कन्या इस्राएल, म तँलाई फेरि निर्माण गर्नेछु, यसरी तँ निर्माण हुनेछस् । तैंले फेरि आफ्ना खैँजडीहरू लिनेछस् र खुसीको नाचसहित बाहर निस्कनेछस् ।

मेरा मानिस, इस्राएललाई म निर्वासनबाट फिर्ता ल्याउनेछु । तिनीहरूले भत्‍केका सहरहरूलाई निर्माण गर्नेछन् र तिनमा बसोबास गर्नेछन्, तिनीहरू दाखबारीहरू लगाउनेछन् र तिनका दाखमद्य पिउनेछन्, र तिनीहरूले बगैंचा लगाउनेछन् र तिनका फल खानेछन् ।