TSK

TSK · यशैया 8:21

Treasury of Scripture Knowledge references in अनलक शाब्दिक बाइबल.

खण्डमा फर्कनुहोस्

परमेश्‍वरको विरुद्धमा ईश्‍वर-निन्दा नगर न त तिमीहरूका मानिसहरूको शासकलाई सराप ।

तिमीहरूको देशको उब्जनी र तिमीहरूको परिश्रमको फल तिमीहरूले नचिनेको जातिले खाइदिने छ । तिमीहरू सधैँ थिचोमिचोमा पर्ने छौ र पेलिने छौ ।

तिनीहरूसित तिनले बोल्‍दाबोल्‍दै सन्देशवाहक तिनीकहाँ आयो । राजाले भनेका थिए, “परमप्रभुबाट नै यो समस्‍या आउँछ । अब फेरि मैले किन परमप्रभुको प्रतीक्षा गरिरहने?”

तर अब आफ्नो हात पसार्नुहोस् र तिनीसित भएका सबै थोकलाई छुनुहोस्, र हेर्नुहोस् कतै तिनले तपाईंको मुखैमा तपाईंलाई सराप्‍ने त छैनन् ।”

तब तिनकी पत्‍नीले तिनलाई भनिन्, “के तपाईं अझै पनि आफ्नो निष्ठामा रहनुहुन्छ? परमेश्‍वरलाई सराप्‍नुहोस् र मर्नुहोस् ।”

त्‍यसकारण परमप्रभुले शक्तिशाली र धेरै नदीको पानी अर्थात् अश्‍शूरका राजा र तिनका सबै महिमा तिनीहरूमाथि ल्याउन लाग्‍नुभएको छ । त्‍यसका सबै नहरमा त्‍यो आउनेछ र त्‍यसका किनारहरू भरिएर बग्‍नेछन् ।

म मैदानमा गएँ भने, त्यहाँ तरवारले मारिएकाहरू हुन्छन् । म सहरमा आएँ भने, त्यहाँ अनिकालले ल्याएका रोगहरू हुन्छन् । अगमवक्ता र पुजारी दुवै देशको यताउता बरालिन्छन्, र तिनीहरूलाई थाहैछैन' ।”

दूध चुस्‍ने शिशुको जिब्रो तिर्खाले गर्दा तालुमा टाँसिन्छ । बालबालिकाहरूले खानेकुरा माग्छन्, तर तिनीहरूका लागि केही छैन ।

बाँकी रहेका मानव-जाति जो यी विपत्तिहरूद्वारा मारिएका थिएनन्, तिनीहरूले आफूले गरेका कामहरूबाट पश्‍चात्ताप गरेनन् । तिनीहरूको सुन, चाँदी, काँसा, ढुङ्गा र काठहरू अनि देख्‍न, सुन्‍न वा हिँड्न नसक्‍ने थोकहरूका मूर्तिहरू र भूतहरूलाई पुज्न छोडेनन्;