TSK

TSK · याकूब 3:17

Treasury of Scripture Knowledge references in अनलक शाब्दिक बाइबल.

खण्डमा फर्कनुहोस्

मोशाले बजलेल, ओहोलीआब र हरेक सिपालु व्यक्ति जसको मनमा उहाँको काम गर्न परमप्रभुले सिप दिनुभएको थियो र जसको ह्रदयमा उहाँले प्रेरणा दिनुभएको थियो, ती सबैलाई बोलाए ।

हेर्, अब तैँले मबाट मागेको सबै कुरा म पुरा गर्ने छु । म तँलाई बुद्धिमानी र समझशक्तिको हृदय दिने छु । यसरी तेरो सामु कोही पनि तँजस्तो हुने छैन, र तँपछि पनि कोही पनि तँजस्तो खडा हुने छैन ।

तापनि, तेरो एउटा छोरो हुनेछ जो शान्तिप्रिय मानिस हुनेछ । उसका चारैतिरका शत्रुहरूबाट म उसलाई आराम दिनेछु । किनकि उसको नाउँ सोलोमन हुनेछ, र उसको समयमा म इस्राएललाई शान्‍ति र चैन दिनेछु ।

बुद्धि कहाँ पाइनेछ? सुझबुझको ठाउँ कहाँ छ?

मानिसहरूलाई उहाँले भन्‍नुभयो, 'हेर्, परमप्रभुको भय— त्‍यो नै बुद्धि हो । दुष्‍ट्याइँबाट अलग रहनु नै सुझबुझ हो' ।”

उहाँले जातिहरूका बिचमा न्याय गर्नुहुनेछ र धेरै जना मानिसहरूका निम्ति निर्णय दिनुहुनेछ । तिनीहरूले आफ्ना तरवारहरू पिटेर फालीहरू र आफ्ना भालाहरू पिटेर हँसियाहरू बनाउनेछन् । एउटा जातिले अर्को जातिको विरुद्धमा तरवार उठाउनेछैन, न त तिनीहरूले फेरि युद्धको निम्ति तालिम नै दिनेछन् ।

परमप्रभुको आत्मा उहाँमाथि रहेनुहुनेछ, बुद्धि र समझको आत्मा, सुझाव र शक्तिको आत्मा, ज्ञान र परमप्रभुको भयको आत्मा ।

माथिबाट हामीमा आत्मा नखन्यासम्म र उजाड-स्‍थान एउटा फलदायी खेत नभएसम्म र फलदायी खेतलाई एउटा जङ्गझैं नसोचेसम्‍म ।

यी चार जना जवान मानिसहरूका विषयमा परमेश्‍वरले तिनीहरूलाई सबै साहित्य र बुद्धिमा ज्ञान र अन्तर्दृष्‍टि दिनुभयो, अनि दानिएलले सबै किसिमका दर्शनहरू र सपनाहरू बुझ्‍न सक्‍थे ।

उहाँ चाँदी खार्ने र सफा गर्नेझैँ गरी बस्‍नुहुनेछ, र उहाँले लेवीका छोराहरूलाई शुद्ध पार्नुहुनेछ । उहाँले तिनीहरूलाई सुन र चाँदीलाई झैँ खार्नुहुनेछ, र तिनीहरूले धार्मिकताका भेटीहरू परमप्रभुकहाँ ल्याउनेछन् ।

यसै गरी, तिमीहरू पनि बाहिर मानिसहरूका सामुन्‍ने धर्मी देखा पर्दछौ, तर भित्रपट्टि तिमीहरू कपट र दुष्‍टताले भरिएका छौ ।

¶ त्यसै बेला, जब हजारौँ मानिस एकै ठाउँमा जम्मा भएका थिए । उनीहरूको सङ्ख्या अत्यधिक भएको कारण एउटाले अर्कोलाई कुल्चिरहेका थियो । उहाँले आफ्ना चेलाहरूलाई यसो भन्‍न सुरु गर्नुभयो, “फरिसीहरूको खमिरबाट सावधान रहो, जुनचाहिँ पाखण्डीपना हो ।

अनि वचन देहधारी हुनुभयो र हाम्रा बिचमा बास गर्नुभयो । हामीले पिताबाट आउनुभएका एक मात्रको जस्तो अर्थात् अनुग्रह र सत्यताले पूर्ण महिमा देख्यौँ ।

अब योप्पामा तबीता (ग्रिकमा डोरकास) नाउँकी एक जना चेली थिइन् । यी स्‍त्री असल काम र कृपापूर्ण कार्यले भरिएकी थिइन् र उनले गरिबहरूको हेरचाह गर्थिन् ।

प्रेम निष्कपट होस् । जे खराब छ, त्यसलाई घृणा गर; जे असल छ, त्यसमा लागिरहो ।

मेरा भाइहरू हो, म आफैँ पनि तिमीहरूको बारेमा विश्‍वस्त छु । म विश्‍वस्त छु, कि तिमीहरू आफैँ पनि भलाइले पूर्ण र सबै ज्ञानले भरिएका छौ । म विश्‍वस्त छु, कि तिमीहरू एक-अर्कालाई अर्ती दिन पनि समर्थ छौ ।

किनभने एउटालाई आत्माद्वारा बुद्धिको कुरा बोल्ने वरदान दिइएको छ भने उही आत्माद्वारा अर्कोलाई ज्ञानको कुरा गर्ने वरदान दिइएको छ ।

छर्नेलाई बिउ र खानाको निम्ति रोटी उपलब्ध गराउनुहुनेले तिमीहरूको बिउ उपलब्ध गराएर वृद्धि पनि गराउनुहुनेछ । उहाँले तिमीहरूको धार्मिकताको फसल प्रशस्ततासँग वृद्धि गराउनुहुनेछ ।

तर पवित्र आत्माका फलचाहिँ प्रेम, आनन्द, शान्ति, धैर्य, दया, भलाइ, विश्‍वास,

यो यसको निम्ति पनि हो, ताकि परमेश्‍वरको महिमा र प्रशंसाको निम्ति, येशू ख्रीष्‍टद्वारा आउने धार्मिकताको फलद्वारा तिमीहरू भरिन सक ।

हामीले प्रार्थना गरिरहेका छौँ, कि तिमीहरू परमप्रभुलाई पूर्ण रूपले प्रसन्‍न पार्न योग्य चालमा चल्न सक । हरेक असल कार्यमा तिमीहरूले फल फलाउने छौ र परमेश्‍वरको ज्ञानमा तिमीहरू अगि बढ्नेछौ भनी हामीले प्रार्थना गरिरहेका छौँ ।

परमेश्‍वरको, ख्रीष्‍ट येशूको र चुनिएको स्वर्गदूतहरूको सामु म तिमीलाई निष्‍ठापूर्वक आज्ञा दिन्छु कि यी नियमहरू बिना भेदभाव पालना गर र तिमीले कुनै पनि कुरामा पक्षपात नगर ।

शुद्ध हुनेहरूका निम्ति सबै थोक शुद्ध हुन्छन्, तर प्रदूषित र विश्‍वास नगर्नेहरूका निम्ति भने केही पनि शुद्ध हुदैन । बरु तिनीहरूका निम्ति मन र विवेक समेत प्रदूषित भएका हुन्छन् ।

यस समयमा कुनै पनि अनुशासन आनन्दको हुँदैन, तर दुःखदायी नै हुन्‍छ । तथापि जे भए तापनि यसद्वारा तालिम प्राप्‍त गरेकाहरूका निम्ति भने अन्त्यमा गएर यसले धार्मिकताको शान्‍तिपूर्ण फल फलाउँदछ ।

तर यदि तिमीहरूमध्ये कसैलाई बुद्धिको खाँचो छ भने, माग्‍ने जति सबैलाई उदारतासँग र नहप्काइकन दिनुहुने परमेश्‍वरसँग उसले मागोस् र उहाँले उसलाई त्यो दिनुहुनेछ ।

के तिमीहरूले आफैँबिच न्याय गरिरहेका छैनौ र? के तिमीहरू दुष्‍ट विचारहरू भएका न्यायकर्ताहरू बनेनौ र?

परमेश्‍वरको नजिक आओ, र उहाँ तिमीहरूको नजिक आउनुहुनेछ । ए पापीहरू हो, तिमीहरूका हात सफा पार, र ए दोमनकाहरू हो, तिमीहरूका हृदय शुद्ध पार ।

¶ त्यसकारण सबै दुष्‍ट्याइँ, छल, पाखण्डीपन, डाहा र बदख्वाइँलाई टाढै राख ।

मेरा प्रिय बालकहरूल हो, हामी वचन र मुखले मात्र प्रेम नगरौँ, तर सत्यता र कामले प्रेम गरौँ ।