TSK

TSK · अय्यूब 21:30

Treasury of Scripture Knowledge references in अनलक शाब्दिक बाइबल.

खण्डमा फर्कनुहोस्

यहोशूले भने, “गुफाको मुखमा ठुला-ठुला ढुङ्गाहरू गुडाएर राख र उनीहरूको सुरक्षाको निम्ति सिपाहीहरू खटाओ ।

अरू मानिसहरूका बोझहरूबाट तिनीहरू मुक्‍त छन् । अरू मानिसहरूलाई झैं तिनीहरूलाई कष्‍ट हुँदैन ।

क्रोधको दिनमा धन-सम्पत्ति बेकामको हुन्छ, तर ठिक गर्नाले मृत्युबाट जोगाउँछ ।

परमप्रभु डाही परमेश्‍वर हुनुहुन्छ र उहाँले बदला लिनुहुन्छ । परमप्रभुले बदला लिनुहुन्छ र उहाँ क्रोधले भरिनुभएको छ । उहाँले आफ्ना विरोधीहरूसँग बदला लिनुहुन्छ र आफ्ना शत्रुहरूप्रति उहाँको रिस रहिरहन्छ ।

तर तिमीहरूको कठोर र अपश्‍चात्तापी हृदयको कारण तिमीहरूले क्रोधको दिन अर्थात् परमेश्‍वरको धार्मिक न्याय प्रकट हुने दिनको निम्ति क्रोध थुपारिरहेका छौ ।

अनि स्वर्ग र पृथ्वी आगोको न्यायको निम्ति र दुष्‍टहरूको विनाशको लागि त्यही वचनद्वारा सुरक्षित राखिएको छ ।

किनकि तिनीहरूको क्रोधको महान् दिन आएको छ र त्यहाँ को उभिन सक्छ र? ।”