तिनीहरूले तिनलाई भने, “चूप लाग! आफ्नो हात आफ्नो मुखमा राख र हामीसँग आऊ, र हाम्रो निम्ति पिता र पुजारी होऊ । के तिम्रो निम्ति एउटा मानिसको घरको पुजारी हुनु, कि इस्राएलमा एउटा कुल र वंशको पुजारी हुनु कुन असल छ?”
TSK
TSK · अय्यूब 21:5
Treasury of Scripture Knowledge references in अनलक शाब्दिक बाइबल.
अय्यूब 17:8
TSK
यसले सोझा मानिसहरूलाई अलमलमा पार्नेछन् । निर्दोष मानिसले आफैलाई ईश्वरहीन मानिसहरूको विरुद्धमा सुर्याउनेछ ।
अय्यूब 29:9
TSK
जब म आउँथें, तब राजकुमारहरूको बोली नै बन्द हुन्थ्यो । तिनीहरूले आफ्ना हातले मुख छोप्थे ।
भजनसंग्रह 39:9
TSK
म शान्त छु र मेरो मुख खोल्न सक्दिनँ, किनभने त्यो गर्ने तपाईं नै हुनुहुन्छ ।
आमोस 5:13
TSK
यसकारण यस्तो समयमा विवेकी मानिस पनि चूपै लाग्छ, किनभने यो खराब समय हो ।
रोमी 11:33
TSK
ओहो! परमेश्वरका बुद्धि र ज्ञान दुवै कति गहन! उहाँका न्यायहरू कति अगम्य र उहाँका मार्गहरू खोज्न नै नसकिने छन्!