डाँकुहरूका पालको उन्नति हुन्छ, र परमेश्वरलाई रिस उठाउनेहरूले सुरक्षित महसुस गर्छन् । तिनीहरूका आफ्नै हात तिनीहरूका ईश्वर हुन् ।
TSK
TSK · अय्यूब 21:7
Treasury of Scripture Knowledge references in अनलक शाब्दिक बाइबल.
दुष्ट र डरलाग्दा व्यक्ति आफ्नो माटोमा हरियो रूखझैं फैलिएको मैले देखेको छु ।
मेरा बेकम्मा दिनहरूमा मैले धेरै कुराहरू देखेको छु । धर्मात्माहरूको धार्मिकताको बाबजुत पनि तिनीहरू नष्ट हुन्छ, र दुष्टहरूको दुष्टताको बाबजुत पनि तिनीहरू धेरै वर्षसम्म बाँच्छन् ।
यो निर्णय समाचारवाहकले बताएका उर्दिअनुसार हो । यो निर्णय पवित्र जनहरूले गर्नुभएको हो, ताकि बाँचेकाहरूले यो जानून्, कि सर्वोच्च परमेश्वरले मानिसहरूका राज्यमाथि शासन गर्नुहुन्छ र तिनीहरूमाथि शासन गर्नका निम्ति जोसुकैलाई अर्थात् सबैभन्दा निम्न स्तरका मानिसहरूका अधिनमा पनि उहाँले ती दिनुहुन्छ ।’
त्यसले सबैलाई बल्छीले ल्याउँछ । त्यसले मानिसहरूलाई माछी-जालमा पारेर पर लैजान्छ । त्यसले महाजालमा सबैलाई थुपार्छ, अनि त्यो खुशी हुन्छ र रमाहट गर्दछ ।
त्यससँग पृथ्वीका राजाहरूले यौन अनैतिकता गरेका छन् । पृथ्वीका बासिन्दाहरू त्यसको यौन अनैतिकताको मद्यले मातेका छन् ।”