तब तिनले भने, “हे प्रभु, अब मैले तपाईंको दृष्टिमा निगाह पाएको छु भने हाम्रा बिचमा भएर जानुहोस् किनकि यो जाति हठी छ । हाम्रा पाप र अधर्म क्षमा गरिदिनुहोस् र हामीलाई तपाईंको उत्तराधिकारको रूपमा स्वीकार गर्नुहोस् ।”
TSK
TSK · योएल 2:17
Treasury of Scripture Knowledge references in अनलक शाब्दिक बाइबल.
मैले हेरेँ र तिमीहरूले परमप्रभु तिमीहरूका परमेश्वरको विरुद्धमा पाप गरेका थियौ । तिमीहरूले आफ्नो निम्ति बाछाको ढलौटे मूर्ति बनाएका थियौ । परमप्रभुले तिमीहरूलाई आज्ञा गर्नुभएको मार्गबाट तिमीहरू चाँडै नै तर्केर गएका थियौ ।
म शत्रुको खिसीदेखि डराइनँ, र तिनीहरूका शत्रुहरूले गल्ती गरेर भन्लान्, 'हाम्रो हात माथि उचालिएको छ ।' मैले यी सबै गरेको भए सक्थेँ ।
मन्दिरको मुख्य सभाकक्षको सामुन्नेको दलान मन्दिरको चौडाइ बराबरको थियो अर्थात् बिस हातो लामो थियो, र त्यो मन्दिरको अगिल्तिर दस हातसम्म निस्केको थियो ।
तब मैले तिनीहरूलाई दिएको मेरो देशबाट म तिनीहरूलाई जरैसमेत उखेलिदिनेछु । मेरो नाउँ रहनलाई मैले अलग गरेको यस मन्दिरलाई म त्याग्नेछु, र सबै मानिसका बिचमा म त्यसलाई एउटा उखान र गिल्लाको पात्र बनाउनेछु ।
हेर्नुहोस्, हामी दास भएका छौँ । अहिले हामी तपाईंले हाम्रा पिता-पुर्खाहरूलाई त्यसका फलहरू खान र त्यसका असल उब्जनीहरू उपभोग गर्नलाई दिनुभएको यही देशमा हामी दास भएका छौँ ।
मेरो प्राण खन्याउँदा यी कुराहरू मनमा म याद गर्छुः कसरी म भिडसँग गएँ, अनि उत्सव मनाउने धेरै जनाको भिडसँग आनन्द र प्रशंसाको सोरसँगै परमेश्वरको मन्दिरमा तिनीहरूलाई डोर्याएँ ।
ए मेरो प्राण, तँ किन निराश हुन्छस्? मभित्रै तँ किन उदाश हुन्छस्? परमेश्वरमा आसा राख्, किनकि म फेरि पनि उहाँको प्रशंसा गर्नेछु जो मेरो उद्धार र मेरो परमेश्वर हुनुहुन्छ ।
हे परमेश्वर, शत्रुहरूले कहिलेसम्म हामीलाई अपमान गर्छन्? के शत्रुहरूले सदासर्वदा तपाईंको निन्दा गर्नेछन्?
हाम्रा छिमेकीको निम्ति निन्दा र हाम्रा वरिपरि भएकाहरूका निम्ति खिसी र उपहास हामी बनेका छौं ।
त्यो बाटो जाने सबैले त्यसलाई लुटेका छन् । आफ्नो छिमेकीको निम्ति त्यो घृणाको पात्र भएको छ ।
जातिहरूले किन यसो भन्ने, “तिनीहरूका परमेश्वर कहाँ छ?”
हे परमप्रभु, हामीलाई किन तपाईंको मार्गहरूबाट तर्कने र हाम्रा हृदयहरूलाई कठोर पार्ने बनाउनुहुन्छ, यसैले हामीले तपाईंका आज्ञा पालन गर्दैनौं? तपाईंको सेवक, तपाईंको उत्तराधिकारका कुलहरूका निम्ति फर्कनुहोस् ।
उहाँले मलाई परमप्रभुका मन्दिरको भित्री चोकमा लानुभयो, र हेर, अनि त्यहाँ वेदी र दलानको बिचमा परमप्रभुको मन्दिरको ढोकामा करिब पच्चीस जना मानिस थिए, आफ्ना पिठ परमप्रभुको मन्दिरतिर र अनुहारचाहिं पूर्वपट्टि फर्काएर तिनीहरूले सूर्यको पुजा गरिरहेका थिए ।
यसकारण, ए इस्राएलका पर्वतहरू, परमप्रभु परमेश्वरको वचन सुनः पर्वतहरू र अग्ला पहाडहरू, खोलाहरू र बेसीहरू, तिनीहरूका वरिपरि भएका अरू जतिहरूका निम्ति लूट र हाँसोको विषय बनेका निर्जन उजाड-स्थानहरू र त्यागिएका सहरहरूलाई परमप्रभु परमेश्वर यसो भन्नुहुन्छ,
आफ्नो साथमा वचन लेओ र परमप्रभुकहाँ फर्क । उहाँलाई भन, “हाम्रा सबै अपराध क्षमा गर्नुहोस् र जे असल छ त्यो ग्रहण गर्नुहोस्, ताकि तपाईंलाई हामी आफ्ना ओठको फल चढाउन सकौं ।
ए पुजारीहरू हो, भाङ्ग्रा लगाओ र विलाप गर! वेदीमा सेवा गर्नेहरू हो, विलाप गर । ए मेरा परमेश्वरका सेवा गर्नेहरू हो, आओ, र रातभर भाङ्ग्रा लगाएर बस । किनभने तिमीहरूका परमेश्वरको मन्दिरबाट अन्नबलि र अर्घबलि हटाइएका छन् ।
तर मैले भनें, “परमप्रभु परमेश्वर, कृपया रोक्नुहोस् । याकूब कसरी बाँच्नेछ? किनकि त्यो त धेरै सानो छ ।”
उहाँ तिमीहरूप्रति अनुग्रही होऊन् भनेर तिमीहरू उहाँको मुहारको खोजी गर्छौ । तर सेनाहरूका परमप्रभु भन्नुहुन्छ, तिमीहरूका हातमा त्यस्तो भेटी लिएर, के उहाँले तिमीहरूका शिर उठाउनुहुन्छ?
उसले परमेश्वरमा विश्वास गर्छ । र परमेश्वरले चाहनुहुन्छ भने उहाँले नै उसलाई बचाऊन्, किनकि उसले यस्तो भनेको थियो, ‘म परमेश्वरका पुत्र हुँ ।’”