TSK

TSK · यूहन्‍ना 10:3

Treasury of Scripture Knowledge references in अनलक शाब्दिक बाइबल.

खण्डमा फर्कनुहोस्

उहाँले मलाई हरियो खर्कहरूमा सुताउनुहुन्छ । उहाँले मलाई शान्‍त पानीको छेउमा डोर्‍याउनुहुन्छ ।

¶ हे इस्राएलका गोठालो, ध्यान दिनुहोस् । तपाईं जसले योसेफलाई बगालझैं डोर्‍याउनुहुन्छ । तपाईं जो करूबहरूभन्दा माथि विराजमान हुनुहुन्छ, हामीमाथि चम्‍कनुहोस् ।

एक जना गोठालोले झैं उहाँले आफ्ना बगाललाई खुवाउनुहुनेछ, उहाँले थुमाहरूलाई आफ्नो बाहुलीमा जम्‍मा गर्नुहुन्‍छ र तिनीहरूलाई आफ्‍ना हृदयको छेउमा बोक्‍नुहुन्‍छ, अनि पाठाहरूलाई दूध खुवाउने भेडाहरूलाई कोमल भएर डोर्‍याउनुहुन्‍छ ।

तैंले कैदीहरूलाई, 'बाहिर आओ,' अँध्यारो कालकोठरीमा हुनेहरूलाई, 'आफूलाई देखाओ' भन्‍नेछस् । तिनीहरू सडकहरूको छेउतिर चर्नेछन् र सबै उजाड पाखाहरू तिनीहरूका खर्क हुनेछ ।

हेर, मैले तिनीहरूलाई उत्तरी देशहरूबाट फर्काएर ल्याउनै लागेको छु । म तिनीहरूलाई पृथ्वीका पल्ला छेउहरूबाट जम्मा गर्नेछु । तिनीहरूका बिचमा दृष्‍टिविहीन र लङ्गडाहरू हुनेछन् । गर्भवती स्‍त्रीहरू र बच्‍चा जन्माउनै लागेकाहरू तिनीहरूसितै हुनेछन् । एउटा ठुलो समुदाय यहाँ फर्कनेछ ।

किनकि परमप्रभु परमेश्‍वर यसो भन्‍नुहुन्छ: हेर, मेरो बगालको खोजी म आफैं गर्नेछु र तिनीहरूको रेखदेख गर्नेछु,

अगमवक्‍ताहरूका पुस्तकहरूमा यस्तो लेखिएको छ, ‘सबैलाई परमेश्‍वरद्वारा सिकाइनेछ ।’ जसले सुनेका छन् र पिताबाट सिकेका छन्, सबै मकहाँ आउँछन् ।

म असल गोठालो हुँ र मैले मेरा आफ्नालाई चिन्छु र मेरा आफ्नाले मलाई चिन्छ्न् ।

तरै पनि तिमीहरू विश्‍वास गर्दैनौ, किनकि तिमीहरू मेरा भेडाहरू होइनौ ।

किनकि मेरो निम्ति फराकिलो ढोका खोलिएको छ, तर त्यहाँ धेरै विरोधीहरू पनि छन् ।

हाम्रो निम्ति पनि सँगसँगै प्रार्थना गर, ताकि ख्रीष्‍टको गुप्‍त सत्यताको वचन बोल्नको निम्ति परमेश्‍वरले ढोका खोलिदिनुभएको होस् । यही वचनको कारण, म बाँधिएको छु ।

यो अगमवक्तालाई प्रकट गरिएको थियो जुन तिनीहरूले यी कुराहरूको सेवा गरिरहेका थिए, तिनीहरू आफ्नै लागि होइन तर तिमीहरूका लागि । यी कुरा स्वर्गबाट पठाइनुभएका पवित्र आत्माबाट तिमीहरूलाई प्रचार भएको सुसमाचार ल्याउनेहरूद्वारा तिमीहरूलाई सुनाइएको छ । यी कुराहरू प्रकट होऊन् भनेर स्वर्गदूतहरू पनि इच्छा गर्छन् ।

हेर, म ढोकामा उभिरहन्छु र ढकढक्याइरहन्छु । यदि कसैले मेरो स्वर सुनेर ढोका खोल्छ भने, म उसको घरभित्र आउनेछु र उसँग खानेछु अनि उसले मसँग खानेछ ।

जीवनको पुस्तकमा कसैको नाउँ लेखिएको नभेट्टाइएमा त्यसलाई अग्‍नि-कुण्डमा फालियो ।