TSK

TSK · यूहन्‍ना 11:51

Treasury of Scripture Knowledge references in अनलक शाब्दिक बाइबल.

खण्डमा फर्कनुहोस्

त्यसपछि परमप्रभुले गधाको मुख खोलिदिनुभयो, त्यसैले त्यो बोल्न सक्यो । त्यसले बालामलाई भन्यो, “मैले तपाईंलाई के गरेको छु र तपाईंले मलाई तिन पटक पिट्नुभएको?”

त्यसैले अब म मेरा मानिसहरूकहाँ फर्केर जाने छु । तर यी मानिसहरूले तपाईंका मानिसहरूलाई आगामी दिनहरूमा के गर्ने छन् पहिले तपाईंलाई चेताउनी दिन दिनुहोस् ।”

शाऊलले आफ्‍नो विरुद्धमा षड्यान्त्र गरिरहेका कुरा दाऊदलाई थाहा थियो । तिनले पुजारी अबीयाथारलाई भने, “एपोद यहाँ ल्याऊ ।”

तर हाम्रा विद्रोहपूर्ण कामहरूका कारणले उसलाई घोचिएको थियो । हाम्रा पापहरूका कारणले उसलाई पेलिएको थियो । हाम्रो शान्तिको निम्ति उसमाथि दण्ड पर्‍यो र उसका घाउहरूले हामी निको भएका छौं ।

त्यस दिन धेरै मानिसले मलाई भन्‍नेछन्, ‘हे प्रभु, हे प्रभु, के तपाईंको नाउँमा हामीले अगमवाणी बोलेका थिएनौँ र? के तपाईंको नाउँमा भूतहरू धपाएनौँ र? र तपाईंको नाउँमा धेरै शक्‍तिशाली कामहरू गरेका थिएनौँ र?’

पिताले मलाई चिन्‍नुहुन्छ र म पितालाई चिन्छु र मेरा भेडाहरूका लागि म मेरो ज्यान पनि दिन्छु ।

मानौँ, मसँग अगमवाणी गर्ने वरदान छ र म लुकेका रहस्यहरू बुझ्‍न सक्छु र मसँग पहाडहरू हटाउन सक्‍ने सम्मको विश्‍वास छ, तर मसँग प्रेम छैन भने म केही पनि होइनँ ।

हाम्रो निम्ति ख्रीष्‍ट श्रापित हुनुभएर उहाँले हामीलाई व्यवस्थाको श्रापबाट मुक्त गराउनुभयो । किनकि यसरी लेखिएको छ, “काठमा झुण्डिने हरेक श्रापित हुन्छ ।”

हामी पापको भागीदार नबनौँ र धार्मिकताको खातिर जिऔँ भनेर उहाँले हाम्रा सबै पाप आफ्नो शरीरमा बोकी क्रुसमा चढ्नुभयो । उहाँका चोटले तिमीहरू निको भएका छौ ।

तिनीहरूले सही मार्गलाई त्यागेका छन् । तिनीहरू बरालिएर अधार्मिक कामको ज्याला लिन मन पराउने बोअरको छोरा बालामको पछि लाग्छन् ।