हे परमेश्वर, तपाईंले प्रशस्त झरी पठाउनुभयो । तपाईंको उत्तराधिकार थकित हुँदा तपाईंले त्यसलाई बलियो पार्नुभयो ।
TSK
TSK · यूहन्ना 14:28
Treasury of Scripture Knowledge references in अनलक शाब्दिक बाइबल.
¶ हेर, मेरो सेवक, जसलाई म समर्थन गर्छु । मेरो चुनिएको मानिस, जसमा म खुसी हुन्छु । मेरो आत्मा मैले तिनमा हालेको छु । तिनले जातिहरूका माझमा न्याय ल्याउनेछन् ।
उसको जीवनको कष्टपछि उसले ज्योति देख्नेछ र आफ्नो ज्ञानद्वारा सन्तुष्ट हुनेछ । मेरो धर्मिक सेवकले धेरै जनालाई निर्दोष ठहराउनेछ । उसले तिनीहरूको अधर्म बोक्नेछ ।
त्यसपछि, जब उहाँले तिनीहरूलाई आशिष् दिँदै हुनुहुन्थ्यो, उहाँ तिनीहरूलाई छोडेर स्वर्गतिर उचालिनुभयो ।
तिनीहरू मलाई दिनुहुने मेरा पिता अरूहरू सबैभन्दा महान् हुनुहुन्छ, र कोही पनि तिनीहरूलाई मेरा पिताको हातबाट खोसेर लैजान सक्षम छैन ।
साँचो, साँचो म तिमीहरूलाई भन्दछु, नोकर आफ्नो मालिकभन्दा ठुलो हुँदैन न त समाचारवाहक त्यसलाई पठाउनेभन्दा ठुलो हुन्छ ।
साँचो, साँचो, म तिमीहरूलाई भन्दछु, जसले ममाथि विश्वास गर्छ त्यसले मैले गर्ने कामहरू पनि गर्नेछ र त्यसले यीभन्दा पनि ठुल्ठुला कामहरू गर्नेछ, किनकि म पिताकहाँ गइरहेको छु ।
म तिमीहरूलाई साँचो भन्दछुः म जानु नै तिमीहरूको निम्ति असल छ । किनकि म गइनँ भने सल्लाहकार तिमीहरूकहाँ आउनुहुनेछैन, तर यदि म गएँ भने म उहाँलाई तिमीहरूकहाँ पठाउनेछु ।
येशूले तिनलाई भन्नुभयो, “मलाई नछोऊ, किनभने म अझै पिताकहाँ गएको छैनँ, तर मेरा भाइहरूकहाँ गएर तिनीहरूलाई भनिदेऊ, कि म मेरा पिता र तिमीहरूका पिता अनि मेरा परमेश्वर र तिमीहरूका परमेश्वरकहाँ जानेछु ।”
म तिमीहरूले यो बुझ भन्ने चाहन्छु कि येशू ख्रीष्ट प्रत्येक मानिसको शिर हुनुहुन्छ, मानिस स्त्रीको शिर हो, र परमेश्वरचाहिँ ख्रीष्टको शिर हुनुहुन्छ ।
उहाँ परमेश्वरको स्वरूपमा हुनुहुन्थ्यो, तर पनि परमेश्वरसँगको आफ्नो बराबरीलाई उहाँले पक्रिराख्ने वस्तुझैँ ठान्नुभएन ।
तर, उहाँलाई केही समयको निम्ति स्वर्गदूतभन्दा कम बनाइएको हामीले देखेका छौँ । उहाँ येशू हुनुहुन्छ । किनभने उहाँका दुःख र मृत्युको कारणले येशू ख्रीष्टलाई महिमा र आदरको मुकुट पहिराइएको छ । त्यसकारण, अहिले परमेश्वरको अनुग्रहबाट येशू ख्रीष्टले हरेक मानिसका निम्ति मृत्यु चाख्नुभयो ।
तिमीहरूले उहाँलाई देखेका छैनौ, तर तिमीहरू उहाँलाई प्रेम गर्छौ । तिमीहरू अहिले उहाँलाई देख्दैनौ, तर तिमीहरू उहाँमा विश्वास गर्छौ र व्यक्त गर्न नसकिने महिमाले भरिपूर्ण आनन्दमा तिमीहरू धेरै खुसी छौ ।
जब मैले उहाँलाई देखेँ, म मरेतुल्य मानिसजस्तै भएर उहाँको पाउँमा परेँ । उहाँले आफ्नो दाहिने हात ममाथि राख्नुभयो र भन्नुभयो, “नडराऊ ।” पहिलो र अन्तिम म नै हुँ ।