TSK

TSK · यूहन्‍ना 16:1

Treasury of Scripture Knowledge references in अनलक शाब्दिक बाइबल.

खण्डमा फर्कनुहोस्

अनि तिनीहरू धन्यका हुन् जसले मलाई तिनीहरूका निम्ति कुनै बाधा सम्झँदैनन् ।”

तिनीहरू उहाँबाट अप्रसन्‍न भए । तर येशूले तिनीहरूलाई भन्‍नुभयो, “अगमवक्‍ताको आदर नहुने भनेको उनको आफ्नै परिवार र आफ्नै देशमा मात्र हो ।”

त्यसपछि येशूले तिनीहरूलाई भन्‍नुभयो, “आज राती मेरो कारण तिमीहरू सबै पछि हट्नेछौ, किनकि यसरी लेखिएको छ, ‘म गोठालोलाई प्रहार गर्नेछु र बथानका सबै भेडा तितरबितर हुनेछन् ।’

यदि संसारले तिमीहरूलाई घृणा गर्छ भने, जान कि यसले तिमीहरूलाई घृणा गर्नुअगि मलाई घृणा गरेको छ ।

मासु नखानु, मद्यपान नगर्नु, र आफ्नो भाइलाई चोट पुर्‍याउने कुनै पनि कुरा नगर्नु असल हो ।

र “एउटा ठक्‍कर लाग्‍ने ढुङ्गा र एउटा ठक्‍कर लाग्‍ने चट्टान ।” वचन उल्लङ्घन गरेको कारण तिनीहरू ठक्‍कर खान्छन् जसको निम्ति तिनीहरू नियुक्त गरिएका थिए ।