TSK

TSK · यूहन्‍ना 3:20

Treasury of Scripture Knowledge references in अनलक शाब्दिक बाइबल.

खण्डमा फर्कनुहोस्

त्यसैले मध्य रातमा तपाईंकी दासी सुतिरहेको बेलामा त्यो उठी र छेउमा राखिएको मेरो छोरो लिएर काखमा राखिछ अनि मेरो काखमा चाहिँ त्यसको मरेको छोरो राखिछ ।

केही दुष्‍ट मानिसहरूले ज्योतिको विरुद्धमा विद्रोह गर्छन् । तिनीहरूले यसका मार्गहरू जान्‍दैनन्, न त तिनीहरू यसका मार्गहरूमा बस्छन् ।

किनभने तैंले शिक्षालाई घृणा गर्छस् र मेरा वचनलाई लत्याउँछस्?

तर धर्मी मानिसहरूको मार्ग प्रभातको पहिलो किरणजस्तै हो । मध्यदिन नआएसम्म यो झन्-झन् चम्किलो हुन्छ ।

गिल्ला गर्ने सुधारदेखि अप्रसन्‍न हुन्छ । त्यो बुद्धिमान्‌कहाँ जाँदैन ।

सहरको मूलद्वारमा तिनीहरूलाई ठिक कुरा सिकाउनेलाई तिनीहरू घृणा गर्छन्,र सत्य बोल्नेलाई कुनै पनि व्‍यक्‍तिलाई तिनीहरू उपहास गर्छन् ।

संसारले तिमीहरूलाई घृणा गर्न सक्दैन, तर यसले मलाई घृणा गर्छ, किनभने यसको काम खराब छ भनेर यसको बारेमा म गवाही दिन्छु ।

किनकि यदि कोही वचन सुन्‍ने मात्र व्यक्‍ति हो, तर पालन गर्ने व्यक्‍ति होइन भने ऊ ऐनामा आफ्नो स्वाभाविक अनुहार जाँच्‍ने मानिसजस्तै हो ।