परमप्रभुको भय मान र सारा इमानदारी र विश्वनीयतामा उहाँको आराधना गर; तिमीहरूका पुर्खाहरूले यूफ्रेटिसपारि पुजेका देवताहरूबाट अलग रहो र परमप्रभुको आराधना गर ।
TSK
TSK · यूहन्ना 4:23
Treasury of Scripture Knowledge references in अनलक शाब्दिक बाइबल.
हे मेरा परमेश्वर, म यो पनि जान्दछु कि तपाईंले हृदयको जाँच गर्नुहुन्छ, र सोझोपनामा खुशी हुनुहुन्छ । मेरो बारेमा,मेरो हृदयको सोझोपनामा मैले स्वइच्छाले यी सबै कुराहरू तपाईंमा चढाएको छु, र यहाँ उपस्थित तपाईंका मानिसहरूले स्वइच्छाले चढाएको कुरा देखेर म आनन्दित भएको छु ।
त्यो मानिस धन्यको हो जसको दोषको लेखा परमप्रभुले लिनुहुन्न र जसको आत्मामा छल छैन ।
परमप्रभुलाई आदर गर्नेहरूसँग उहाँ प्रशन्न हुनुहुन्छ, जसले उहाँको करारको विश्वस्ततामा आसा गर्छन् ।
पहराका धाँदाहरू, भिरालो पहाडका गुप्त चिराहरूमा बस्ने मेरी ढुकुर्नी, मलाई तिम्रो मुहार हेर्न देऊ । मलाई तिम्रो सोर सुन्न देऊ, किनकि तिम्रो सोर सुरिलो छ, र तिम्रो मुहार मायालु छ ।” प्रेमिका प्रेमीसित बोल्दैः
त्यस दिन इस्राएलका बाँकी, उम्केका याकूबका घरानाले आफूलाई पराजित गर्नेमाथि भर पर्ने छैनन्, तर तिनीहरू साँच्चै इस्राएलका परमपवित्र परमप्रभुमा भर पर्नेछन् ।
परमप्रभु भन्नुभयो, “यी मानिसहरू आफ्ना मुखले मेरो नजिक आउँछन् र आफ्ना ओठले मेरो आदर गर्छन्, तर तिनीहरूका हृदय मबाट टाढा छ । मेरो निम्ति तिनीहरूले गर्ने आदरचाहिं मानिसहरूले सिकाएका आज्ञा मात्र हुन् ।
¶ ए याकूबको घराना, यो कुरा सुन जसलाई इस्राएलको नाउँले बोलाइन्छ र यहूदाको वीर्यबाट आएको छ । तिमीहरू जसले परमप्रभुको नाउँमा शपथ खान्छौ र इस्राएलको परमेश्वरलाई पुकार्छौ, तर साँचो रूपले गर्दैनौ न धार्मिक तरिकाले गर्छौ ।
तब तिमीहरूको ज्योति सूर्योदय हुँदाझैं खुल्नेछ र तिमीहरूको चङ्गाइ झट्टै आउनेछ । तिमीहरूको धार्मिकता तिमीहरूको अगि जानेछ र परमप्रभुको महिमा तिमीहरूको पछाडिको रक्षक हुनेछ ।
यी सबै कुरापछि त्यसकी विश्वासहीन बहिनी यहूदा सारा हृदयले होइन तर झूट लिएर मकहाँ फर्की, यो परमप्रभुको घोषणा हो ।”
म तिमीहरूलाई यस ठाउँमा बस्न दिनेछु, जुन देश मैले प्राचीन समयदेखि नै सदाको लागि तिमीहरूका पुर्खाहरूलाई दिएँ ।
ए पाखण्डीहरू हो, यशैयाले तिमीहरूका विषयमा ठिकै अगमवाणी गरेर यसो भने,
किनकि व्यवस्था मोशाद्वारा दिइयो । अनुग्रह र सत्यता येशू ख्रीष्टद्वारा आयो ।
साँचो, साँचो म तिमीहरूलाई भन्छु, समय आइरहेको छ र यो अहिले नै हो, जब मृतकहरूले परमेश्वरका पुत्रको सोर सुन्नेछन्, र ती सुन्नेहरू बाँच्नेछन् ।
हेर, तिमीहरू छरपष्ट हुने अर्थात् सबै आ-आफ्नो घरतिर जाने, र मलाई एकलै छोड्ने समय आउँदै छ, । वास्तवमा त्यो समय आइसकेको छ । तरै पनि म एकलो हुन्नँ, किनभने पिता मसँग हुनुहुन्छ ।
किनकि तिमीहरूले डरको लागि दासत्वको आत्मा पाएका छैनौ । बरु, तिमीहरूले धर्मपुत्रको आत्मा पाएका छौ जसद्वारा हामी “अब्बा, पिता!” भनी पुकार्छौं ।
तिमीहरू पुत्रहरू भएका हुनाले परमेश्वरले उहाँका पुत्रको आत्मालाई हाम्रा हृदयहरूमा पठाउनुभयो, त्यो आत्मा जसले, “अब्बा, पिता” भनेर पुकार्नुहुन्छ ।
किनकि खतना हामीहरू नै हौँ । हामीहरू नै परमेश्वरका आत्माद्वारा आराधना गर्दछौँ । हामीहरू नै ख्रीष्ट येशूमा गर्व गर्दछौँ, र शरीरमा कुनै भरोसा राख्दैनौँ ।
तर मेरा प्रियहरू, तिमीहरू आफैँलाई सबैभन्दा पवित्र विश्वासमा निर्माण गर, र पवित्र आत्मामा प्रार्थना गर ।