सुरुदेखि नै म अन्तको बारेमा, अनि अझसम्म नघटेको कुराका बारेमा पहिलेदेखि नै म भन्न सक्छु । म भन्छु, “मेरो योजना पुरा हुनेछ र मलाई जस्तो इच्छा लाग्छ त्यस्तै म गर्नेछु ।”
TSK
TSK · यूहन्ना 7:30
Treasury of Scripture Knowledge references in अनलक शाब्दिक बाइबल.
उहाँले भन्नुभएको कुरा मुख्य पुजारीहरू र शास्त्रीहरूले सुने र उहाँलाई मार्ने उपाय खोजे । उहाँको शिक्षामा सम्पूर्ण भिड नै छक्क परेका हुनाले तिनीहरू डराए ।
येशूले मन्दिरमा दिनहुँ शिक्षा सिकाउनुहुन्थ्यो । मुख्य पुजारीहरू, शास्त्रीहरू र धार्मिक अगुवाहरूले उहाँलाई मार्न चाहन्थे ।
जब म तिमीहरूसँगै मन्दिरमा दिनहुँ हुँदा, तिमीहरूले ममाथि हात हालेनौँ । तर यो तिमीहरूको समय र अन्धकारको अधिकारको समय हो ।”
तिमीहरू चाडमा जाओ, म यो चाडमा जाँदिनँ, किनभने मेरो समय अहिलेसम्म पुरा भएको छैन ।”
भिडले येशूको बारेमा यी कुराहरूबारे खासखुस गरेको फरिसीहरूले सुने, अनि मुख्य पुजारी र फरिसीहरूले उहाँलाई पक्रन अधिकारीहरूलाई पठाए ।
उहाँले मन्दिरमा सिकाउनुहुँदा यी वचनहरू ढुकुटीमा भन्नुभयो र कसैले उहाँलाई पक्रेन, किनभने उहाँको समय अझै आएको थिएन ।
तब तिनीहरूले उहाँलाई हान्नलाई ढुङ्गा टिपे, तर येशू आफैँ लुक्नुभयो, र मन्दिरबाट बाहिर जानुभयो ।
तब यहूदीहरूले उहाँलाई हान्न फेरि ढुङ्गाहरू टिपे ।
येशूले जवाफ दिनुभयो, “के दिनमा बाह्र घण्टा उज्यालो हुँदैन र? यदि कोही दिनको समयमा हिँड्छ भने त्यसलाई ठेस लाग्दैन, किनकि त्यसले यस संसारको उज्यालोको सहायताले देख्छ ।