“छोरोले आफ्नो बुबाको आदर गर्दछ, र दासले आफ्नो मालिकको । यदि, यसैकारण, म पिता हुँ भने, मेरो आदर कहाँ छ? म मालिक हुँ भने, मेरो निम्ति श्रद्धा कहाँ छ?” सेनाहरूका परमप्रभु तिमी पुजारीहरूलाई भन्नुहुन्छ, जसले मेरो नाउँको तिरस्कार गर्दछौ । “तर तिमीहरू भन्छौ, ‘हामीले कसरी तपाईंको नाउँको तिरस्कार गरेका छौँ?’
TSK
TSK · यूहन्ना 8:42
Treasury of Scripture Knowledge references in अनलक शाब्दिक बाइबल.
किनकि परमेश्वरले यस संसारलाई दण्ड दिन होइन, तर उहाँद्वारा संसारलाई बचाउन आफ्ना पुत्र पठाउनुभयो ।
म मेरा पिताको नाउँमा आएको छु, र तिमीहरू मलाई स्वीकार गर्दैनौ । यदि आफ्नै नाउँमा अर्को कोही आउने हो भने तिमीहरूले त्यसलाई स्वीकार गर्छौ ।
किनकि म मेरो आफ्नै तर्फबाट बोलिनँ, तर मलाई पठाउनुहुने पिता नै हुनुहुन्छ, जसले मैले के बोल्ने र के भन्ने विषयमा आज्ञा दिनुभएको छ ।
जसले मलाई घृणा गर्छ, त्यसले मेरा पितालाई पनि घृणा गर्छ ।
किनकि मैले सबै वचनहरू तिनीहरूलाई दिएको छु जुन तपाईंले मलाई दिनुभयो । तिनीहरूले ती ग्रहण गरे र म तपाईंबाटै आएको हुँ भनेर तिनीहरूले साँच्चै जाने र तपाईंले नै मलाई पठाउनुभएको हो भनी तिनीहरूले विश्वास गरे ।
यदि कसैले प्रभुलाई प्रेम गर्दैन भने ऊ श्रापित होस् । हाम्रा प्रभु, आउनुहोस् ।
यसैमा परमेश्वरको प्रेम हामीहरूमाझ प्रकट भएको छ, कि जसद्वारा हामी जिउन सकौँ भनेर परमेश्वरले संसारमा उहाँका एक मात्र पुत्र पठाउनुभएको छ ।
¶ जसले येशू नै ख्रीष्ट हुनुहुन्छ भनी विश्वास गर्छ, त्यो परमेश्वरबाट जन्मेको हुन्छ । र जसले पितालाई प्रेम गर्छ, त्यसले उहाँबाट जन्मनुहुनेलाई पनि प्रेम गर्छ ।