अनि साँझपख जब तिनीहरूले परमप्रभु परमेश्वर बगैँचामा हिँडिरहनुभएको आवाज सुने, तब मानिस र उनकी पत्नी बगैँचाका रुखहरूबिच परमप्रभु परमेश्वरको नजरबाट लुके।
TSK
TSK · योना 1:3
Treasury of Scripture Knowledge references in अनलक शाब्दिक बाइबल.
तर मोशाले भने, “हे प्रभु, तपाईंले इच्छा गर्नुभएको अरू कसैलाई पठाउनुहोस् ।”
जब एलियाले यो कुरा सुने तिनी उठेर आफ्नो जीवन बचाउन भागे, र यहूदाको बेर्शेबामा आए, तर आफ्नो नोकरलाई चाहिँ त्यहीँ छाडे ।
अब मेरा स्वामीले आफ्ना सेवकहरूका निम्ति आफूले प्रतिज्ञा गर्नुभएको गहूँ, जौ, तेल र दाखमद्य पठाइदिनुहोस् ।
हिरामका समुद्री जहाजका साथमा राजाका पनि जहाजहरू थिए । हरेक तिन वर्षमा एक पल्ट यी जहाजहरूले सुन, चाँदी, हस्ती-हाड, ढेडुहरू र बाँदरहरू लिएर आउँथ्यो ।
तब शैतान परमप्रभुको उपस्थितिबाट तुरुन्तै गयो । त्यसले अय्यूबलाई तिनको पाउको कुर्कुच्चादेखि तिनको शिरसम्म पीडादायी खटिराले प्रहार गर्यो ।
र तर्शीशका सबै पानी जहाजका विरुद्धमा र सबै सुन्दर जहाजका विरुद्धमा हुनेछ ।
तर्शीशपारि जाओ । ए समुद्र तटका बासिन्दाहरू हो, तिमीहरू विलाप गर ।
समुद्र किनारहरूले मेरो खोजी गर्छन् । टाढाबाट परमप्रभु तिमीहरूका परमेश्वर र इस्राएलका परमपवित्रको निम्ति तिमीहरूका छोराहरूलाई आफूसँग भएका सुन र चाँदीसँगै ल्याउनलाई तर्शीशका जहाजहरूले नेतृत्व गर्छन्, किनभने उहाँले तँलाई इज्जत गर्नुभएको छ ।
तर ए मानिसको छोरो, मैले तँलाई भनिरहेको कुरा सुन् । त्यो विद्रोही घरानाझैं तँ विद्रोही नहो । तेरो मुख खोल्, र मैले तँलाई जे दिन गइरहेको छु त्यो खा!”
तँसँग बेच्नको निम्ति चाँदी, फलाम, जस्ता र सीसाजस्ता सामानका प्रशस्त धनसम्पत्ति भएको कारणले तर्शीश तेरो व्यापारको साझेदार थियो । तिनीहरूले तेरा मालसामान किने र बेचे ।
तर येशूले उसलाई भन्नुभयो, “हलोमा आफ्नो हात राखेर पछाडि हेर्ने कोही पनि परमेश्वरको राज्यको योग्य हुँदैन ।”
पत्रुस धेरै दिनसम्म योप्पामा सिमोन नाउँ गरेका चर्मकारसँग बसे ।
त्यसकारण, राजा अग्रिपास, मैले त्यो स्वर्गीय दर्शनको अवाज्ञा गरिनँ ।
तिनीहरूले प्रभु र उहाँको शक्तिको महिमाको उपस्थितिबाट टाढा रहेर अनन्त विनाशको दण्ड भोग्नेछन्,