TSK

TSK · लेवीहरू 1:3

Treasury of Scripture Knowledge references in अनलक शाब्दिक बाइबल.

खण्डमा फर्कनुहोस्

त्यसपछि परमेश्‍वरले भन्‍नुभयो, “तैँले माया गर्ने तेरो छोरो इसहाकलाई लिएर मोरीयाहको देशमा जा । त्यहाँको कुनै एक डाँडामा त्यसलाई होमबलि गर्‌, जुन म तँलाई बताउनेछु ।”

।” अब्राहामले माथितिर हेरे र एउटा भेडा झाडीमा सीङ अल्‍झेर फसेको देखे । अब्राहामले गएर त्‍यस भेडालाई ल्‍याए, र तिनका छोराको सट्टामा त्‍यसैलाई होमबलि चढाए ।

तिनले परमप्रभुका निम्ति केही इस्राएली जवानहरूलाई गोरुको होमबलि र मेलबलि चढाउन पठाए ।

वेदीमा राखिदिनू । त्यसपछि सिङ्गै भेडालाई जलाउनू । यो परमप्रभुलाई आगोद्वारा चढाइने मिठो बास्‍ना भएको होमबलि हो ।

भोलिपल्ट मानिसहरू सबेरै उठे र तिनीहरूले होमबलि र मेलबलि चढाए । तब तिनीहरू खान र पिउनलाई बसे अनि मोजमा डुब्‍न लागे ।

जस-जसका ह्रदय प्रेरणाले भरिए र आत्माद्वारा इच्छुक भए तिनीहरू आएर पवित्र वासस्थानको रचना, यसमा प्रयोग हुने सेवाका सबै सामग्री र पवित्र पोशाकहरूको लागि परमप्रभुको निम्ति भेटी ल्याए ।

पवित्रस्थान निर्माणको लागि इस्राएलीहरूले ल्याएका सबै भेटी तिनीहरूले मोशाबाट प्राप्‍त गरे । मानिसहरूले अझै पनि राजीखुसीले हरेक बिहान भेटीहरू ल्याउँदै थिए ।

¶ यदि कसैले गाई-गोरुको बथानबाट कुनै पशुको मेलबलिको भेटी चढाउँछ भने, त्यसले परमप्रभुको अगि निष्‍खोट साँढे वा गाई चढाओस् ।

त्यसले गरेको पाप उसलाई प्रकट गरिँदा, त्यसले बलिको निम्ति निष्‍खोट बोको ल्याओस् ।

“यदि कसैले अजानमा परमप्रभुका कुराहरूको सम्बन्धमा पाप गर्दछ र अविश्‍वासपूर्वक काम गर्दछ भने, त्यसले परमप्रभुकहाँ आफ्नो दोषबलि ल्याओस् । यो बलिचाहिँ दोषबलिको रूपमा बगालको निष्‍खोट भेडा होस्; जसको मूल्य पवित्रस्थानको चाँदीको शेकेल बराबरको हुनुपर्छ ।

“यदि कसैले विश्‍वासमा कायम भएको कुनै कुरा, वा वास्ता गर्नका निम्ति भनेर उसलाई राख्‍न दिइएको वा चोरी भएको कुनै कुराको विषयमा परमप्रभुको विरुद्ध पाप गर्दछ र विश्‍वासहीन कार्य गर्दछ, वा आफ्नो छिमेकीमाथि त्यसले अत्याचार गर्दछ भने,

तर यदि त्यसको भेटी प्रतिज्ञाको निम्ति बलिदान भएमा, त्यसले बलिदानलाई अर्पण गर्ने दिनमा नै त्यो खाइयोस्, तर त्यसबाट बाँकी रहेको जति अर्को दिन खान सकिने छ ।

उनले त्यसका भित्री भागहरू र खुट्टाहरूलाई पानीले पखाले, र पुरै भेडालाई वेदीमा जलाए । त्यो होमबलि थियो र परमप्रभुले मोशालाई आज्ञा गर्नुभएझैँ त्यसले परमप्रभुको निम्ति आगोद्वारा चढाइने बलिदानस्वरूप मिठो सुगन्ध दियो ।

आठौँ दिनमा त्यसले दुईवटा निष्‍खोट भेडाका पाठा, एउटा निष्‍खोट एक वर्षे भेडाको पाठी, र अन्‍नबलिको निम्ति तेलसँग मुछिएको डेढ पाथी मसिनो पिठो, र आधा माना तेल ल्याओस् ।

तर यदि त्यसले त्यो भेट हुने पालको प्रवेशद्वारमा परमप्रभुको पवित्र स्थानअगि बलिदानको रूपमा अर्पण गर्न ल्याउँदैन भने, त्यस रक्‍तपातको कारण त्यो दोषी हुने छ । त्यसले रगत बगाएको छ र त्यो मानिस आफ्ना मानिसहरूका बिचबाट बहिष्‍कृत होस् ।

तिनीहरूले गाई-गोरू, भेडा, वा बाख्राहरूमध्ये निष्‍खोट भाले अर्पण गरोस्, अनि त्यो स्वीकारिने छ ।

रोटीसँगै तिमीहरूले एक वर्षे निष्‍खोट सातवटा थुमा, एउटा साँढेको बच्‍चा, र दुईवटा भेडा अर्पण गर्नू । तिनीहरूको अन्‍नबलि र अर्घबलिसँगै ती परमप्रभुको निम्ति मिठो सुगन्ध दिने होमबलि होऊन् ।

अनि बालामले बालाकलाई भने, “तपाईं आफ्‍नो बलिदानको छेउमा खडा हुनुहोस् र म जाने छु । सायद परमप्रभु मलाई भेट्न आउनुहुने छ । उहाँले मलाई जे देखाउनुहुन्छ, सो म गर्ने छु ।” त्यसैले तिनी कुनै रुख नभएको पहडाको चुचुरोतिर गए ।

परमेश्‍वर मानिस वा मानव हुनुहुन्‍न कि उहाँले ढाँट्नुपरोस्, उहाँले आफ्नो मन बदल्नुपरोस् । के उहाँले पुरा नगर्ने गरी कुनै कुरा प्रतिज्ञा गर्नुभएको छ? के उहाँले कुनै गर्छु भनेर पुरा गर्नुभएको छैन र?

त्यसैले बालाकले बालामलाई जावाफ दिए, “अब आउनुहोस्, म तपाईंलाई अर्को ठाउँमा लैजान्छु । सायद त्यहाँबाट मेरो निम्ति तिनीहरूलाई सराप दिन परमेश्‍वरले इच्छा गर्नुहुने छ ।”

हरेक महिनाको सुरुमा तिमीहरूले परमप्रभुलाई अन्‍नबलि चढाउनुपर्छ । तिमीहरूले दुईवटा साँढे, एउटा भेडा र एक वर्षे निष्खोट सातवटा थुमा चढाउनुपर्छ ।

जब तिमीहरूले तिनीहरूका अर्घबलिसँगै ती निष्खोट पशुहरू बलि चढाउँछौ, यो नियमित होमबलि र अन्‍नबलिको अतिरिक्‍त हुनुपर्छ ।

तिमीहरूले कुनै काम नगरी आफैलाई नम्र तुल्याउनुपर्छ । तिमीहरूले परमप्रभुको निम्ति सुगन्धित बास्‍नाको निम्ति होमबलि चढाउनुपर्छ । तिमीहरूले एउटा साँढे, एउटा भेडा र एक वर्षे सातवटा थुमा चढाउनुपर्छ । तिनीहरू हरेक निष्खोट हुनुपर्छ ।

तर जुन ठाउँ परमप्रभु तिमीहरूका परमेश्‍वरले आफ्नो नाउँ राख्‍न तिमीहरूका सबै कुलबाट चुन्‍नुहुन्छ त्यही नै त्यो ठाउँ हुने छ जहाँ तिमीहरू बस्छौ र त्यहीँ नै तिमीहरू जाने छौ ।

त्यहाँ परमप्रभु तिमीहरूका परमेश्‍वरको वेदीमा तिमीहरूले होमबलिसाथै मासु र रगत चढाओ । तिमीहरूका बलिदानको रगत परमप्रभु तिमीहरूका परमेश्‍वरको वेदीमा खन्याऊ र मासुचाहिँ तिमीहरूले खाओ ।

¶ तिमीहरूले परमप्रभु तिमीहरूका परमेश्‍वरको लागि कुनै पनि खोट लागेको वा खराब भएको बलि नचढाउनू किनकि त्यो परमप्रभु तिमीहरूका परमेश्‍वरको लागि घृणित कुरो हुने छ ।

तिनीहरूले मोशाको पुस्तकमा लेखिएबमोजिम मानिसले परमप्रभुलाई होमबलिहरू चढाउन् भनी पुर्खाका घरानाका विभाजनअनुसार वितरण गर्नलाई तिनीहरूले ती छुट्‍याए । साँढेहरूका पनि तिनीहरूले त्यसै गरे ।

तपाईंका मानिसहरूले तपाईंको शक्तिको दिनमा आफ्नै स्‍वइच्छाले पवित्र वस्‍त्रमा तपाईंको पछि लाग्‍नेछन् । प्रभातको गर्भदेखि नै तपाईंको जवानी तपाईंको निम्‍ति शीतझैं हुनेछ ।

किनकि मेरो पवित्र पर्वतमा, इस्राएलको पहाडको टाकुरामा— यो परमप्रभु परमेश्‍वरको घोषणा हो— इस्राएलका जम्‍मै घरानाले त्‍यहाँ मेरो आराधना गर्नेछन् । त्‍यहीं नै म तिमीहरूका भेटीहरू, तिमीहरूका सबैभन्‍दा उत्तम उपहारहरू, तिमीहरूका सबै पवित्र थोकहरूको बलिदानहरू ग्रहण गर्नेछु ।

“ए तरवार! मेरो गोठालोको विरुद्ध उठ्, जो मेरो नजिक उभिएको छ, सेनाहरूका परमप्रभु घोषणा गर्नुहुन्छ । गोठालोलाई प्रहार गर्, र बगाल तितर-बितर हुनेछ! किनभने तल्लो वर्गकाहरूका विरुद्ध म मेरो हात उठाउनेछु ।

अनि स्वर्गदूतले जवाफ दिए, र उनलाई भने, “पवित्र आत्मा तिमीमाथि आउनुहुनेछ र सर्वोच्‍चका परमेश्‍वरको शक्‍तिले तिमीलाई ढाक्‍नेछ । त्यसैले, जो पवित्र जन्मनुहुनेछ उहाँलाई परमेश्‍वरका पुत्र भनेर बोलाइनेछ ।

त्यसपछि येशूले तिनीहरूलाई फेरि भन्‍नुभयो, “साँचो, साँचो म तिमीहरूलाई भन्दछु, म नै भेडाहरूको ढोका हुँ ।”

किनकि यदि तिमीहरू यो काम गर्न इच्छुक छौ भने, यो असल र ग्रहणयोग्य कुरा हो । यो कुनै व्यक्‍तिसँग भएको कुरामा त्यसमा भर पर्नुपर्छ, उसँग नभएको कुरामा होइन ।

किनकि येशूद्वारा हामी दुवै एउटै आत्मामा पिताकहाँ जान सक्छौँ ।

किनकि यस्तै प्रकारको प्रधान पुजारी हाम्रा निम्ति सुहाउँदो छ । उहाँ पापरहित हुनुहुन्छ; उहाँ दोषरहित, शुद्ध, पापीहरूबाट अलग गरिनुभएका र आकाशभन्दा उच्‍च हुनुभएको छ ।

उहाँले पहिला भन्‍नुभयो, “पापका निम्ति न त बलिदानहरू, न भेटीहरू र होमबलिहरू नै तपाईंले चाहनुभयो, न त ती कुराहरूमा तपाईं प्रसन्‍न हुनुभयो ।” (यी त व्यवस्थाअनुसार चढाइन्छन् ) ।